काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झापा महिला गोल्डकपः त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

1.16K
shares

झापा। झापाको दुधे रङ्गशालामा जारी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

चन्द्रा भण्डारीको निर्णायक गोलको मद्दतले आर्मीले पुलिसलाई पराजित गरेको हो । खेलको ५१औँ मिनेटमा चन्द्राले गरेको गोल नै निर्णायक बन्यो ।

फाइनलमा प्रवेश गरेको आर्मीले उपाधिका लागि शनिबार एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी आर्मीकी विमला विक ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले नगद १५ हजार पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोलीको सहभागिता रहेको थियो। सहभागी टोलीमा भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउनेछन् ।