काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बेलायतको अटोमोबाइल उद्योगमा लगानी सङ्कटको जोखिम बढ्दै

1.11K
shares

विद्युतीय सवारीसाधन(ईभी) सम्बन्धी अव्यावहारिक लक्ष्य, युरोपेली संघ (ईयू) का सम्भावित व्यापारिक अवरोध र उच्च औद्योगिक लागतका कारण बेलायतको अटोमोबाइल क्षेत्रमा लगानी गुम्ने जोखिम बढेको छ । बेलायतको मोटर निर्माता तथा व्यापारीहरूको संस्था ९एसएमएमटी० ले बुधबार यस्तो चेतावनी दिएको हो । संस्थाका अनुसार यी तीन चुनौतीले बेलायती अटो उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउँदै लगेका छन् ।

एसएमएमटीका अनुसार विद्युतीय सवारीसाधनको माग बढाउन उत्पादकहरूले सन् २०२४ र २०२५ मा मात्रै १० अर्ब पाउन्डभन्दा बढी छुट दिएका छन् । बेलायतको सरकारी नीतिअनुसार सन् २०३५ सम्ममा बिक्री हुने सबै नयाँ कार तथा भ्यान शून्य उत्सर्जनयुक्त हुनुपर्नेछ । तर उपभोक्ताको मागभन्दा लक्ष्य तीव्र हुँदा उत्पादक र बजारमा दबाब परेको संस्थाको भनाइ छ ।

त्यस्तै, बेलायतको सबैभन्दा ठूलो निर्यात बजार ईयूसँगको व्यापारिक पहुँच सुरक्षित राख्न पनि संस्थाले आग्रह गरेको छ । सम्भावित व्यापारिक अवरोधले दुवै क्षेत्रको आपूर्ति शृङ्खलामा असर पार्न सक्ने बताइएको छ ।
बेलायतमा औद्योगिक ऊर्जा लागत पनि युरोपकै उच्चमध्ये रहेको छ । यसले उत्पादन लागत बढाएको छ ।

एसएमएमटीका अनुसार बेलायतको सवारीसाधन उत्पादन सन् १९५२ यताकै न्यून स्तरमा पुगेको छ भने पछिल्लो दशकमा आपूर्तिकर्ता कम्पनी टाट पल्टिने घटना १८० प्रतिशतले बढेको छ। यसले भविष्यमा नयाँ लगानी आकर्षित गर्न चुनौती थपेको छ ।