काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गाजामा सहायता कर्मीमाथि जोखिम बढ्दो, मृतक संख्या ६००

378
shares

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार जबालियास्थित पानीको इनारनजिक भएको इजरायली आक्रमणमा यूएनआरडब्ल्यूएका एक कर्मचारीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

ओसीएचएले उनीहरू समुदायलाई अत्यावश्यक सेवा प्रदान गर्न नियमित कामका क्रममा इनारमा खटिएको जनाएको छ ।

कार्यालयले भनेको छ, “सोमबार भएको घटनासँगै सन् २०२३ अक्टोबरयता यूएनआरडब्ल्यूएका ३९७ जना कर्मचारी मारिएका छन् । यस अवधिमा समग्र गाजामा ६०० जना मानवीय सहायता कर्मीले ज्यान गुमाएका छन् ।”

ओसीएचएले मानवीय सहायता कर्मीसहित सबै सर्वसाधारण, मानवीय सहायता केन्द्र तथा नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा पुनः जोड दिएको छ । यस्ता संरचना तथा व्यक्तिलाई सैन्य प्रयोजनमा प्रयोग गर्न वा आक्रमणको निशाना बनाउन नहुने कार्यालयको भनाइ छ ।

त्यस्तै, मानवीय सहायता कर्मीलाई सुरक्षित रूपमा जीवनरक्षक कार्य गर्न सक्ने वातावरण उपलब्ध गराउनुपर्ने पनि कार्यालयले जनाएको छ ।

“कठिन परिस्थितिका बाबजुद संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले सम्भव भएका स्थान र समयमा आवश्यकताअनुसार मानवीय सहायता कार्य जारी राखेका छन्,” ओसीएचएले थपेको छ ।