काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सूर्यविनायकमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

252
shares

भक्तपुर। सूर्यविनायक नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ आजदेखि सुरु भएको छ । नगरपालिकाको वडा नं। ६ स्थित बनाचौर खेलमैदानमा आयोजित प्रतियोगिताको नगरप्रमुख वासुदेव थापाले झण्डोत्तोलन गरी उद्घाटन गरे ।

नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाका अनुसार प्रतियोगितामा ४० विद्यालयका करिब ९०० विद्यार्थी सहभागी छन् । फुटबल, भलिबल, एथलेटिक्स, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी सात विधामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता नगरपालिकाका विभिन्न छ स्थानमा सञ्चालन भइरहेको छ ।

प्रतियोगिताका प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटनका अवसरमा १४ विद्यालय सहभागी स्काउट मार्चपास प्रतियोगितामा मनोरम इङ्गलिस बोर्डिङ स्कुल प्रथम, मोर्डन बोर्डिङ इङ्गलिस स्कुल द्वितीय र सुवर्णेश्वर आधारभूत विद्यालय तृतीय भएका छन् । प्रतियोगिताका संयोजक एवं नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाका अनुसार मार्चपासमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः आठ हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कार समापन समारोहमा प्रदान गरिनेछ ।

नगरप्रमुख थापाले नगरपालिकाले प्रत्येक वडामा खेलमैदान निर्माण गर्ने अभियान सञ्चालन गरेको र चालु आर्थिक वर्षमा खेलकुद विकासका लागि एक करोड ३० लाख विनियोजन गरेको जानकारी दिए । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले निःशुल्क आधारभूत खेलकुद प्रशिक्षणसमेत सञ्चालन गरिरहेको उनले बताए ।

नगर उपप्रमुख सरिता भट्टराई तिमल्सिनाले नगरपालिकाले वडादेखि नगरस्तरसम्म खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।

प्रतियोगिता यही मङ्सिर ११ गते समापन हुनेछ ।