काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन

315
shares

ai logo सारांश

  • पूर्वराज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।
  • पूर्वराज्यमन्त्री साहमाथि लगाइएका मुद्दाहरु झुठो रहेको र विगतका सरकारले नियतवश साहलाई कारागारभित्र थुनेको प्रदर्शनकारी राजेश महतोको भनाई छ ।
  • उनले अहिलेको सरकारले जनताको भावनालाई बुझ्ने विश्वास व्यक्त गरे ।

जनकपुर । पूर्वराज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।

जनकपुरधामका स्थानीय, युवा, महिलाहरुको एक समूहले पूर्वराज्यमन्त्री साहलाई रिहा गर्नुपर्ने माग राख्दै जनकपुरधाममा र्याली निकालेका छन् ,भने जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर विरोध प्रदर्शनसमेत गरेका छन् ।

उनीहरुले संजय साहलाई न्याय दे, मुद्दाको फैसला छिटो गर, मान्छे फसाउन पाईंदैन, झुठा मुद्दा खारेज गर जस्ता नारा लगाउँदै सरकारप्रति विरोध जनाएका छन् । साथै उनीहरुले चार बुंदे मागसहित प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

कुनै पनि मुद्दाको फैसला तीनै तहको अदालतबाट बढीमा तीन वर्षभित्र अन्तिम किनारा लगाउनुपर्नेमा पूर्वराज्यमन्त्री साहलाई १२ वर्षभन्दा बढी समय भइसक्दा पनि मुद्दाको फैसला नगरी जबरजस्ती कारागारमा राखेको प्रदर्शनकारीहरुको भनाई छ ।

पूर्वराज्यमन्त्री साहमाथि लगाइएका मुद्दाहरु झुठो रहेको र विगतका सरकारले नियतवश साहलाई कारागारभित्र थुनेको प्रदर्शनकारी राजेश महतोको भनाई छ । उनले अहिलेको सरकारले जनताको भावनालाई बुझ्ने विश्वास व्यक्त गरे ।

गैरकानुनी रुपमा फसाएर वर्षौदेखि कारागारमा थुनेर राखेको साहलाई अहिलेको सरकारले न्याय दिने जनकपुरवासीको विश्वास रहेको महतोले बताए ।

महतोले आजबाट एउटा संघर्षको घोषणा गरेको बताए । उनले ज्ञापनपत्रमा उल्लेख गरिएका चारवटा माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिने र आमरण अनशनमा बस्नेदेखि लिएर आत्मदाह गर्नेसम्मको चेतावनी दिए ।

महतोले पूर्वराज्यमन्त्री साहको मुद्दा एक महिनभित्र फैसला गर्नुपर्ने, मुद्दाको सुनुवाई हुनेबेला प्रत्यक्ष प्रसारण गर्नुपर्ने, साहमाथि लगाईएका झुठा मुद्दाहरु खारेज गर्नुपर्ने र ती झुठा मुद्दा लगाउनेहरुमाथि पनि कारवाही हुनुपर्ने आफूहरुको माग रहेको जानकारी दिए ।