काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सडक कालोपत्र भएपछि स्थानीय दङ्ग

651
shares

ai logo सारांश

  • राप्तीसोनारी गाउँपालिकाका भित्री ग्राभेल सडक कालोपत्र भएपछि स्थानीय खुसी भएको पाइएको छ ।
  • दुर्गम मानिने गाउँका सडक कालोपत्र भएपछि गाउँ र बजारबीचको दूरी कम भएको स्थानीय देवदास चौधरीले जानकारी दिए ।
  • कालोपत्रे सडकले मुख्य राजमार्ग र हुलाकी सडकलाई जोड्न सहज भएको उनको प्रतिक्रिया छ ।

बाँके । जिल्लाको राप्तीसोनारी गाउँपालिकाका भित्री ग्राभेल सडक कालोपत्र भएपछि स्थानीय खुसी भएको पाइएको छ ।

दुर्गम मानिने गाउँका सडक कालोपत्र भएपछि गाउँ र बजारबीचको दूरी कम भएको स्थानीय देवदास चौधरीले जानकारी दिए । ती कालोपत्रे सडकले मुख्य राजमार्ग र हुलाकी सडकलाई जोड्न सहज भएको उनको प्रतिक्रिया छ ।

स्थानीय चौधरीका अनुसार, गाउँ वा बजार आवतजावत गर्न सहज पहुँच भएको छ, सडक कालोपत्र भएपछि गाउँ पनि सुगम भएको महसुस भएको छ ।

उक्त गाउँपालिका–२ स्थित कचनापुर, टीकुलीपुर माथेबास टोललगायतका सडक कालोपत्र भएसँगै ती गाउँ प्रत्यक्ष रुपमा नेपालगञ्ज र कोहलपुर बजारसँग जोडिन पुगेका हुन् ।

सडक कालोपत्र भएसँगै यातायातका साधनको पहुँच वृद्धि भएको तथा बिरामीलाई अस्पतालमा ल्याउन र पु-याउन सहज भएको वडाध्यक्ष ज्ञानराज ओलीले प्रतिक्रिया दिए । उनका अनुसार विगतमा हिँडेरै नेपालगञ्ज पुग्ने गरेकोमा अहिले अटोमार्फत गाउँबाट बजार आवतजावत हुने गरेको छ ।

वडाध्यक्ष ओलीका अनुसार, सामुदायिक वनभित्र मात्रै करिब एक किलोमिटर ८०० मिटर ग्राभेल सडक कालोपत्र भएको छ । पछिल्लो समय स्थानीय कोटही सामुदायिक वन उपभोक्ता सूमह र जनमुखी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्रका सडक कालोपत्र भएको छ ।

सडक कालोपत्र भएपछि गाउँबाट उत्पादित तरकारी र अन्य बजार लगेर बेचबिखन गर्न स्थानीयलाई सहज भएको छ । पछिल्लो समय यातायात र पूर्वाधार क्षेत्रमा भएको विकासले सहर र गाउँको दूरी कम हुँदै गएको अनुभव वडाध्यक्ष ओलीले सुनाए ।

सडकसँगै गाउँका कतिपय खोल्सामा निर्माण भएको पक्की पुलले कालोपत्र सडकलाई थप सुन्दर र स्थायित्व प्रदान गरेको छ । स्थानीय भगतराम थारुले विगतको तुलनामा सडक पूर्वाधारसँगै विद्युतीकरणले गाउँ र सहरबीचमा रहेको भिन्नता हटाएको छ । गाउँमा खानेपानी, सडक र विद्युतीकरण विस्तार भएसँगै आधारभूत आवश्यकता सम्बोधन गर्न सहज भएको छ ।