काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महिला बास्केटबलमा दोस्रो दिन चार खेल, पुलिसदेखि बागमतीसम्म विजयी

420
shares

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ बुधबार दोस्रो दिन चार खेल सम्पन्न भएका छन् ।

बुधबार भएका खेलमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश विजयी भएका छन् ।

फुल कोर्ट (५×५) विधाअन्तर्गत भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–१९ अङ्कले पराजित गरेको छ । त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ अङ्कको फराकिलो अन्तरले हराएको छ ।

यसैगरी, थ्री अन थ्री (३×३) विधाअन्तर्गत भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १३–८ अङ्कले पराजित गरेको छ । अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ८–३ अङ्कले हराउँदै जित निकालेको छ ।

बुधबार भएका चार खेलमध्ये मधेश प्रदेशले दुवै विधामा पराजय व्यहोरेको छ । महिला बास्केटबलका दुवै विधामा प्रतिस्पर्धा जारी रहेको छ ।