काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रिडीमा माघ महिनाभर ‘रुरु महास्नान’ आयोजना गर्ने तयारी

693
shares

गुल्मी । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा आगामी माघ महिनाभर ‘रुरु महास्नान’ आयोजना गर्ने तयारी तीव्र पारिएको छ। धार्मिक महिमा र ऐतिहासिक पहिचान बोकेको रुरुक्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिकाले महास्नानको अवधारणा अघि सारेको हो।

माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने गरी गाउँपालिकाले धार्मिक स्नान, पूजाआजा, दर्शन, तीर्थाटन तथा धार्मिक–सांस्कृतिक गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ। यसअघि हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा पाँच दिन माघी मेला हुँदै आएको रिडीमा अब माघ महिनाभर श्रद्धालु तथा तीर्थयात्रीको आवागमन बढाउने लक्ष्य राखिएको छ।

महास्नानलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन लुम्बिनी प्रदेश सरकारसमेत सक्रिय भएको छ। यसैक्रममा प्रदेश वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीको उपस्थितिमा लुम्बिनी प्रदेश विकास परिषद्को बैठक रुरुक्षेत्रमा सम्पन्न भएको छ। बैठकमा मन्त्री चौधरीले महास्नानका लागि मन्त्रालयसहित प्रदेश सरकारका सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले गाउँपालिका प्रचारप्रसार र तयारीमा जुटेको बताए। उनले महास्नानलाई व्यवस्थित बनाउन स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मको समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्रालयसँग सहयोग र सहजीकरणका लागि आग्रह गरेको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने निर्णय गरिसकेको छ। नेपालका चार धामलाई जोड्दै धार्मिक तीर्थाटनको सम्बन्ध विस्तार गर्ने तथा रुरुक्षेत्रको धार्मिक महिमा थप उजागर गर्ने लक्ष्य रहेको अध्यक्ष ज्ञवालीले बताए।

रुरुक्षेत्रको धार्मिक महत्त्व कालीगण्डकी नदीसँग जोडिएको छ। हिन्दू धर्मावलम्बीका लागि पवित्र मानिने कालीगण्डकीमा पाइने शालिग्राम शिलालाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजाआजा गर्ने परम्परा छ। शालिग्रामको धार्मिक महत्त्वका कारण कालीगण्डकी र रुरुक्षेत्र नेपाल तथा भारतबाट आउने श्रद्धालुका लागि आस्थाको केन्द्र बनेको छ।

कालीगण्डकीको पवित्र जलमा स्नान तथा शालिग्रामको दर्शन र पूजाआजा गर्न वर्षभरि श्रद्धालु रिडी आउने गरेका छन्। माघमा स्नान गर्दा धार्मिक पुण्य प्राप्त हुने जनविश्वासका कारण माघे सङ्क्रान्ति तथा माघ महिनामा यहाँ विशेष भीड लाग्ने गर्छ। सोही धार्मिक आस्थालाई व्यापक बनाउँदै माघ महिनाभर महास्नान सञ्चालन गर्न सके रुरुक्षेत्रलाई व्यवस्थित धार्मिक तीर्थाटनको केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीय सुन्दर कसजुले बताए।

रुरुक्षेत्रस्थित ऋषिकेश मन्दिर यहाँको प्रमुख धार्मिक आकर्षण हो। पाल्पाली राजा मणिमुकुन्द सेनले निर्माण गरेको मानिने उक्त मन्दिरसँगै गायत्री मन्दिर, शिवालय, भीमसेन मन्दिर, भगवती मन्दिर, हनुमान बाटिका, गणेश–भैरव मन्दिर, सत्येश्वर मन्दिर, राम मन्दिर, गुप्तेश्वर महादेव मन्दिर र रुरुकन्या मन्दिरलगायतका धार्मिक स्थलले क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई थप उजागर गरेका छन्।

धार्मिक सम्पदासँगै पछिल्लो समय रुरुक्षेत्रमा पर्यटकीय पूर्वाधार र प्राकृतिक आकर्षण पनि थपिँदै गएका छन्। भारत र चीनलाई जोड्ने रणनीतिक महत्त्वको कालीगण्डकी करिडोरमा पर्ने रुरुक्षेत्रमा निर्माण भएको नेपालकै पहिलो तीनमुखे झोलुङ्गे पुल यहाँको अर्को प्रमुख पर्यटकीय आकर्षण बनेको छ। कालीगण्डकी नदीमाथि निर्माण भएको उक्त पुलले गुल्मी, पाल्पा र स्याङ्जालाई जोडेको छ।

तीन जिल्लाको सङ्गममा रहेको पुल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक रिडी आउने गरेका छन्। कालीगण्डकीको प्राकृतिक सौन्दर्य, तीनमुखे पुल, धार्मिक मठमन्दिर र पुरानो बजार क्षेत्रको एकीकृत आकर्षणले रिडीलाई धार्मिक, सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सहयोग पुर्‍याएको छ।

महास्नानलाई व्यवस्थित बनाउन गाउँपालिकाले नेपालका चार धामसँग सम्बन्धित स्थानीय सरकार तथा सरोकारवाला निकायसँग तीर्थयात्रा व्यवस्थापन, पूर्वाधार विकास र सेवाको गुणस्तर अभिवृद्धिका लागि छलफल अघि बढाएको अध्यक्ष ज्ञवालीले बताए। यसबाट चार धामबीच धार्मिक सम्बन्ध विस्तार हुनुका साथै तीर्थयात्रीको आवागमन र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

माघ महिनाभर महास्नान सञ्चालन हुँदा रुरुक्षेत्रमा श्रद्धालु तथा पर्यटकको सङ्ख्या बढ्ने र त्यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गाउँपालिकाले गरेको छ। तीर्थयात्रीको आवागमन बढेसँगै होटल तथा रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन, हस्तकला, पूजा सामग्री तथा अन्य व्यापारिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।

महास्नानको तयारीसँगै गाउँपालिकाले कालीगण्डकी नदीको धार्मिक महत्त्व, शालिग्रामको संरक्षण तथा प्रचारप्रसार र नदीको स्वच्छता कायम गर्ने विषयलाई पनि प्राथमिकता दिएको छ। महास्नानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि पर्यटन मन्त्रालयसँग तथा कालीगण्डकी जलविद्युत् परियोजनासँगको समन्वयमा आवश्यक समयमा नदीमा पानी छोड्ने विषयमा ऊर्जा मन्त्रालयसँग छलफल गरिएको अध्यक्ष ज्ञवालीले बताए।

धार्मिक आस्था र कालीगण्डकीको पवित्रतालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको ‘रुरु महास्नान’लाई गाउँपालिकाले धार्मिक सम्पदाको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन तथा पर्यटन विकाससँग जोड्दै तयारीलाई तीव्रता दिएको जनाएको छ।

रिडीमा माघ महिनाभर ‘रुरु महास्नान’ आयोजना गर्ने तयारी
गुल्मी । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा आगामी माघ महिनाभर ‘रुरु महास्नान’ आयोजना गर्ने तयारी तीव्र पारिएको छ। धार्मिक महिमा र ऐतिहासिक पहिचान बोकेको रुरुक्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिकाले महास्नानको अवधारणा अघि सारेको हो।

माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने गरी गाउँपालिकाले धार्मिक स्नान, पूजाआजा, दर्शन, तीर्थाटन तथा धार्मिक–सांस्कृतिक गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ। यसअघि हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा पाँच दिन माघी मेला हुँदै आएको रिडीमा अब माघ महिनाभर श्रद्धालु तथा तीर्थयात्रीको आवागमन बढाउने लक्ष्य राखिएको छ।

महास्नानलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन लुम्बिनी प्रदेश सरकारसमेत सक्रिय भएको छ। यसैक्रममा प्रदेश वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीको उपस्थितिमा लुम्बिनी प्रदेश विकास परिषद्को बैठक रुरुक्षेत्रमा सम्पन्न भएको छ। बैठकमा मन्त्री चौधरीले महास्नानका लागि मन्त्रालयसहित प्रदेश सरकारका सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता जनाएको थियो।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले गाउँपालिका प्रचारप्रसार र तयारीमा जुटेको जानकारी दिए। महास्नानलाई व्यवस्थित बनाउन स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मको समन्वय तथा सहकार्य आवश्यक रहेको औंल्याउँदै उनले मन्त्रालयसँग सहयोग र सहजीकरणका लागि आग्रह गरेको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने निर्णय गरिसकेको छ। नेपालका चार धामलाई जोड्दै धार्मिक तीर्थाटनको सम्बन्ध विस्तार गर्ने तथा रुरुक्षेत्रको धार्मिक महिमा थप उजागर गर्ने लक्ष्य रहेको अध्यक्ष ज्ञवालीको भनाइ छ।

रुरुक्षेत्रको धार्मिक महत्त्व कालीगण्डकी नदीसँग जोडिएको छ। हिन्दू धर्मावलम्बीका लागि पवित्र मानिने कालीगण्डकीमा पाइने शालिग्राम शिलालाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजाआजा गर्ने परम्परा छ। शालिग्रामको धार्मिक महत्त्वका कारण कालीगण्डकी र रुरुक्षेत्र नेपाल तथा भारतबाट आउने श्रद्धालुका लागि आस्थाको केन्द्र बनेको छ।

कालीगण्डकीको पवित्र जलमा स्नान तथा शालिग्रामको दर्शन र पूजाआजा गर्न वर्षभरि श्रद्धालु रिडी आउने गरेका छन्। माघमा स्नान गर्दा धार्मिक पुण्य प्राप्त हुने जनविश्वासका कारण माघे सङ्क्रान्ति तथा माघ महिनामा यहाँ विशेष भीड लाग्ने गर्छ। सोही धार्मिक आस्थालाई व्यापक बनाउँदै माघ महिनाभर महास्नान सञ्चालन गर्न सके रुरुक्षेत्रलाई व्यवस्थित धार्मिक तीर्थाटनको केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीय सुन्दर कसजुको धारणा छ।

रुरुक्षेत्रस्थित ऋषिकेश मन्दिर यहाँको प्रमुख धार्मिक आकर्षण हो। पाल्पाली राजा मणिमुकुन्द सेनले निर्माण गरेको मानिने उक्त मन्दिरसँगै गायत्री मन्दिर, शिवालय, भीमसेन मन्दिर, भगवती मन्दिर, हनुमान बाटिका, गणेश–भैरव मन्दिर, सत्येश्वर मन्दिर, राम मन्दिर, गुप्तेश्वर महादेव मन्दिर र रुरुकन्या मन्दिरलगायतका धार्मिक स्थलले क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई थप उजागर गरेका छन्।

धार्मिक सम्पदासँगै पछिल्लो समय रुरुक्षेत्रमा पर्यटकीय पूर्वाधार र प्राकृतिक आकर्षण पनि थपिँदै गएका छन्। भारत र चीनलाई जोड्ने रणनीतिक महत्त्वको कालीगण्डकी करिडोरमा पर्ने रुरुक्षेत्रमा निर्माण भएको नेपालकै पहिलो तीनमुखे झोलुङ्गे पुल यहाँको अर्को प्रमुख पर्यटकीय आकर्षण बनेको छ। कालीगण्डकी नदीमाथि निर्माण भएको उक्त पुलले गुल्मी, पाल्पा र स्याङ्जालाई जोडेको छ।

तीन जिल्लाको सङ्गममा रहेको पुल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक रिडी आउने गरेका छन्। कालीगण्डकीको प्राकृतिक सौन्दर्य, तीनमुखे पुल, धार्मिक मठमन्दिर र पुरानो बजार क्षेत्रको एकीकृत आकर्षणले रिडीलाई धार्मिक, सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सहयोग पुर्‍याएको छ।

महास्नानलाई व्यवस्थित बनाउन गाउँपालिकाले नेपालका चार धामसँग सम्बन्धित स्थानीय सरकार तथा सरोकारवाला निकायसँग तीर्थयात्रा व्यवस्थापन, पूर्वाधार विकास र सेवाको गुणस्तर अभिवृद्धिका लागि छलफल अघि बढाएको छ। यसबाट चार धामबीच धार्मिक सम्बन्ध विस्तार हुनुका साथै तीर्थयात्रीको आवागमन र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

माघ महिनाभर महास्नान सञ्चालन हुँदा रुरुक्षेत्रमा श्रद्धालु तथा पर्यटकको सङ्ख्या बढ्ने र त्यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गाउँपालिकाको अपेक्षा छ। तीर्थयात्रीको आवागमन बढेसँगै होटल तथा रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन, हस्तकला, पूजा सामग्री तथा अन्य व्यापारिक गतिविधि विस्तार हुने विश्वास लिइएको छ।

महास्नानको तयारीसँगै गाउँपालिकाले कालीगण्डकी नदीको धार्मिक महत्त्व, शालिग्रामको संरक्षण तथा प्रचारप्रसार र नदीको स्वच्छता कायम गर्ने विषयलाई पनि प्राथमिकता दिएको छ। महास्नानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि पर्यटन मन्त्रालयसँग तथा कालीगण्डकी जलविद्युत् परियोजनासँगको समन्वयमा आवश्यक समयमा नदीमा पानी छोड्ने विषयमा ऊर्जा मन्त्रालयसँग छलफल गरिएको अध्यक्ष ज्ञवालीले जानकारी दिए।