काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोशी र बागमतीले बाँडे अंक

483
shares

ai logo सारांश

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलतर्फ बुधबार भएको खेलमा कोशी प्रदेश र बागमती प्रदेशले बराबरी खेल्दै अंक बाँडेका छन् ।
  • दुवै टोलीले समान दुई–दुई गोल गरेपछि खेल २–२ को बराबरीमा सकिएको हो ।

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलतर्फ बुधबार भएको खेलमा कोशी प्रदेश र बागमती प्रदेशले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले समान दुई–दुई गोल गरेपछि खेल २–२ को बराबरीमा सकिएको हो ।

खेलमा दुई गोलको अग्रता बनाएको बागमती प्रदेश दोस्रो हाफमा सम्हालिन नसक्दा बराबरीमा रोकिएको हो । बागमतीका लागि एलिक श्रेष्ठले खेलको ३६औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई दुई गोलको अग्रता दिलाएको थियो ।

तर, खेलको अन्तिम १५ मिनेटमा कोशीले उत्कृष्ट पुनरागमन गर्याे । कोशीका मिलन राईले ७५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता घटाए । त्यसको तीन मिनेटपछि अर्थात् ७८औँ मिनेटमा पदम भट्टराईले अर्को गोल थप्दै खेललाई २–२ को बराबरीमा पुर्याए ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेनन् । खेलमा कोशी प्रदेशका पदम भट्टराई र सविन घिमिरे तथा बागमती प्रदेशका सञ्जीव अर्यालले पहेँलो कार्ड पाए ।

यसैबीच, बिहीबार पुरुष फुटबलतर्फ दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ, भने दोस्रो खेल दिउँसो २ः३० बजे सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।