काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सभामुख अर्यालद्वारा बूढीगण्डकी जलविद्युत्को कम्पनीको आवास भवन शिलान्यास

1.01K
shares

गोरखा। बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय, आवास भवन एवं पक्की पुलको सभामुख डिपी अर्यालले शिलान्यास गरेका छन् ।

जिल्लाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा निर्माण हुन लागेको भवन तथा सिउरेनीटार र धादिङको कल्लेरी जोड्ने बूढीगण्डकी नदीमाथिको पक्की पुलको बुधबार एक समारोहका बीच शिलान्यास भएको हो ।

शिलन्यास कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, धादिङ क्षेत्र नं १ कि सांसद आशिका तामाङ, स्थानीय सरोकारवाला निकायलगायतको उपस्थिति रहेको थियो । बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र पुलको कूल लागत ३७ करोड २८ लाख ५८ हजार ५३३ रहेको कम्पनीले जनाएको छ । सो भवन निर्माणका लागि एमएस विष्ट सिन्धुली जेभीले ठेक्का सम्झौता गरेको छ ।

यही असोज ३१ गते निर्माण कम्पनी र बूढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडबीच ठेक्का सम्झौँता भएको हो । २०८५ जेठ १७ गतेभित्र कम्पनीको कार्यालय, आवास भवन र पुल निर्माणको काम सम्पन्न हुने गरी सम्झौता भएको कम्पनीले जनाएको छ ।

शिलान्यास भएसँगै राष्ट्रिय गौरवको १२ सय मेगावट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य पूर्वतयारीअन्तर्गत कार्यालय तथा कर्मचारी आवास भवन र पुल निर्माणको काम औपचारिक रुपमा अघि बढेको छ । क्याम्प क्षेत्रभित्र आयोजनाको प्रशासनिक कार्यालय, कर्मचारी आवास गृह, प्रवेशद्वारलगायत आधुनिक पूर्वाधार निर्माण गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाको भनाइ छ ।

मुख्य बाँध र विद्युत्गृह निर्माण सुरु गर्नुअघि आवश्यक प्रशासनिक तथा प्राविधिक जनशक्तिलाई कार्यस्थलमा नै व्यवस्थापन गर्न क्याप निर्माणको काम सुरु गरेको उनको भनाइ छ ।