काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कार्कीको मागमा सर्वोच्चको फैसलाः हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन

231
shares

काठमाडौँ। सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलाशले आज रिट निवेदकको अन्तिम सुनुवाइ हुँदा निरूपण र सम्बोधन हुने प्रकृतिको देखिँदा सुविधा सन्तुलनको दृष्टिसमेटबाट निवेदकको मागबमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको फैसला गरेको हो ।

निवेदकले अन्तरिम आदेशको माग गरेको विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी सङ्गठनको नेतृत्वसँग सम्बनिधत सार्वजनिक महत्वको संवेदनशील विषय भएको र रिट निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानुनी प्रश्नको रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा सम्बोधन हुने आदेशमा उल्लेख छ ।

“प्रस्तुत रिट निवेदन राज्यको शान्ति सुरक्षा र प्रहरी सङ्गठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग सम्बन्धित भई रिट निवेदनमा उठाइएका विषयवस्तुको महत्त्व गम्भीरता र संवेदनशीलतातर्फ दृष्टि गर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएबाट प्रत्यर्थीहरूबाट लिखित परेपछि वा पर्ने अवधि व्यतीत भएपछि सात दिनभित्रै पेसी चढाइ पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्नू”, आदेशमा भनिएको छ ।

कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, पूर्णमान शाक्य र डा दिनमणि पोखरेललगायत तथा नेपाल सरकारकातर्फबाट महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्ता लोकराज पराजुली, खेमराज ज्ञवाली र ध्रुवकुमार चौहानलगायतले वहस गरेको थिए ।