काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

315
shares

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा चार नयाँ कीर्तिमान बनेका छन् ।

बाँकेको नेपालगञ्जस्थित पौडी पोखरीमा जारी प्रतियोगितामा पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोकमा बागमतीका अभिव प्रधान र महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनए लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

सिंहले स्वर्ण पदक जित्ने क्रममा आफ्नो कीर्तिमानलाई भङ्ग गर्दै ४ मिनेट ५६ दशमलव ७६ सेकेण्डको नयाँ कीर्तिमान कायम गरे । यसअघि सन् २०२५ मा ४ मिनेट ५८ दशमलव ३४ सेकेण्डको उनको कीर्तिमान बनेको थियो । अर्थवले स्वर्ण जित्दा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले रजत (५ मिनेट )७ दशमलव ५७ सेकेण्ड) र बागमतीका अरिक कर्माचार्यले कास्य पदक ९५ मिनेट २६ दशमलव ९९ सेकेण्ड जिते ।

महिलातर्फको ८०० मिटर फ्रिस्टायलमा लिली बोहराले स्वर्ण पदक जित्ने क्रममा ९ मिनेट ३४ दशमलव ०६ सेकेन्डको नयाँ कीर्तिमान बनाए । यसअघि सन् २०२५ को उक्त इभेन्टमा नेपाल आर्मी क्लबकी डुअना लामाको १० मिनेट ०६ दशमलव ९२ सेकेण्डको कीर्तिमान बनेको थियो । लिलीले स्वर्ण जित्दा डुअनाले आफ्नै पुरानो रेकर्ड सुधार गर्दै ९ मिनेट ५९ दशमलव ५४ सेकेण्डमा पूरा गर्दै रजत र पुलिसका देभान्सी जोशीले १० मिनेट ५८ दशमलव ५८ सेकेण्डसहित कास्य पदक हासिल गर्े ।

बागमती प्रदेशका अभिव प्रधानले १०० मिटर फ्रिस्टायलमा १ मिनेट ०१ दशमलव ५१ सेकेण्डको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते । यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीले १ मिनेट ०३ दशमलव ३९ सेकेण्डको कीर्तिमान बनाएको थिए । प्रधानले स्वर्ण जित्दा बागमतीका रिभान्तबहादुर श्रेष्ठले १ मिनेट ४ सेकेन्डसहित रजत र आर्मीका जादेन श्रेष्ठले १ मिनेट ०४ दशमलव ०३ सेकेण्डसहित कास्य पदक हासिल गरे ।

नेपाल पुलिस क्लबको टोलीले पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायलमा ८ मिनेट ३२ दशमलव १३ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा रहेको ९ मिनेट १७ दशमलव ६८ सेकेण्डको कीर्तिमानलाई पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले भङ्ग गर्दै ८ मिनेट ३२ दशमलव १३ सेकेण्डको नयाँ कीर्तिमान बनाए ।

प्रतियोगिताअन्तरगत महिला ५० मिटर बटरफ्लाईमा एनआरएनएका मिखा काया थापाले स्वर्ण पदक (३) दशमलव ७८ सेकेण्ड , नेपाल प्रहरीकी देभान्सी जोशीले रजत (३२ दशमलव ८८ सेकेण्ड) र बागमतीका इरा अमात्य र आर्मीका शिसोम्बुन राईले ३३ दशमलव ५६ सेकेण्डमा पूरा गर्दै संयुक्त रुपमा कास्य पदक प्राप्त गरे ।

पचास मिटर पुरुष ‘बटरफ्लाई’ मा बागमतीका अभिव प्रधानले स्वर्ण (२६ दशमलव )७ सेकेण्ड, पुलिसका इर्भिन श्रेष्ठले रजत (२७ दशमलव १४ सेकेण्ड)आर्मीका खेलाडीद्वय सौरेनबहादुर सिंह र असिम भण्डारीले २७ दशमलव ३२ सेकेण्ड समय खर्चेर कास्य पदक हासिल गरे ।

दुई सय मिटर महिला फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले स्वर्ण )२ मिनेट १४ दशमलव )३ सेकेण्डआर्मीकी डुअना लामाले रजत (२ मिनेट १४ दशमलव ४२ सेकेण्ड) र एनआरएनएकी मिखा ताया थापाले कास्य (२ मिनेट १९ दशमलव ६८ सेकेन्ड) पदक हात पारे । दुई सय मिटर पुरुष फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले (१ मिनेट ५९ दशमलव ४८ सेकेण्ड)स्वर्ण, पुलिसकै काल्किन श्रेष्ठले रजत )२ मिनेट )० दशमलव ८३ सेकेण्ड०र आर्मीका अल्भिन महर्जनले कास्य (२ मिनेट )५ दशमलव ० सेकेन्ड पदक हात पारे ।

एकसय मिटर महिला ब्याकस्ट्रोकमा बागमतीका आर्या महर्जनले स्वर्ण (१ मिनेट ११ दशमलव ९५ सेकेण्ड)एनआरएनएका मिखा काया थापाले रजत (१ मिनेट १३ दशमलव ६२ सेकेण्ड) र बागमतीका रोयल प्रजापतिले कास्य (१ मिनेट १४ दशमलव ४३ सेकेण्ड) पदक हासिल गरे । ४ गुणा १०० मिटर महिला मिड्ले रिलेमा बागमतीले स्वर्ण (५ मिनेट )५ दशमलव ६९ सेकेण्ड प्रहरीले रजत (५ मिनेट ११ दशमलव ७१ सेकेण्ड) र आर्मीले कास्य (५ मिनेट १५ दशमलव ८५ सेकेन्ड) पदक प्राप्त गर्‍यो ।

मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले स्वर्ण (२ मिनेट ०२ दशमलव ४६ सेकेण्ड) आर्मीले रजत (२ मिनेट ०४ दशमलव ११ सेकेण्ड)र प्रहरीले कास्य पदक )२ मिनेट ०७ दशमलव ०८ सेकेण्ड) हासिल गरेको छ ।

प्रतियोगिताको दोस्रो दिनसम्म आइपुग्दा अङ्क तालिकामा बागमती ९ स्वर्ण, ४ रजत, ६ कास्य गरी कूल १९ पदकसहित शीर्ष स्थानमा छ भने एनआरएनए ६ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ९ पदकसहित दोस्रो र प्रहरी ३ स्वर्ण, ७ रजत, ८ कास्य गरी कुल १८ पदकसहित तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको आर्मीले २ स्वर्ण, ८ रजत, ८ कास्य पदक प्राप्त गरेको छ भने पाँचौँ स्थानमा रहेको सुदूरपश्चिमले १ स्वर्ण, २ रजत गरी कूल ३ पदक र कोशी प्रदेश १ स्वर्णसहित तालिकाको छैटौँ स्थानमा रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको दोस्रो दिनसम्मका ६ इभेन्टमा राष्ट्रिय कीर्तिमान बनेको छ । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै रेकर्डमा सुधार गर्दै ३० दशमलव ६४ सेकेण्डको नयाँ कीर्तिमान कायम गरेका थिए । महिलातर्फको ४०० मिटर (आइएम) एनआरएन लिली बोहराले ५ मिनेट १७ दशमलव ०१ सेकेण्डको नयाँ कीर्तिमान बनाएको थिए ।