काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सन् २०२७ मा सिंगापुरको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

336
shares

सिंगापुरको आर्थिक वृद्धिदर सन् २०२६ को तुलनामा सन् २०२७ मा सुस्त हुने अनुमान गरिएको छ । कृत्रिम बुद्धिमत्ता (एआई), सेमिकन्डक्टर उत्पादन र पूर्वाधार क्षेत्रमा लगानी जारी रहने भए पनि विश्वव्यापी एआई लगानीको तीव्रता घट्दै जाँदा आर्थिक विस्तार सामान्य अवस्थामा फर्किने विश्लेषण गरिएको छ ।

विभिन्न अनुसन्धान संस्थाहरूले सिंगापुरको सन् २०२६ को आर्थिक वृद्धिदरको अनुमान बढाएका छन्। यूओबी ग्लोबल इकोनोमिक्स एन्ड मार्केट्स रिसर्चले सन् २०२६ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदरको अनुमान ५।७ प्रतिशतबाट बढाएर ६।१ प्रतिशत पु¥याएको छ । तेस्रो त्रैमासिकमा अपेक्षाभन्दा राम्रो प्रदर्शन र चौथो त्रैमासिकमा स्थिर वृद्धि हुने अपेक्षाका आधारमा अनुमान संशोधन गरिएको हो ।

यूओबीले सन् २०२७ को आर्थिक वृद्धिदरको प्रक्षेपण पनि ३।२ प्रतिशतबाट बढाएर ३।८ प्रतिशत पु¥याएको छ। एआईसम्बन्धी लगानीले वर्षको पहिलो छ महिनामा आर्थिक गतिविधिलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । यद्यपि दोस्रो छमाहीमा ठूला प्रविधि कम्पनीहरूको पुँजीगत खर्च वृद्धिदर घट्ने र वित्तीय अवस्था कडा बन्न सक्ने भएकाले आर्थिक विस्तार सुस्त हुन सक्ने संस्थाले जनाएको छ ।

मेब्याङ्क इन्भेस्टमेन्ट बैंक रिसर्चले पनि सन् २०२६ को वृद्धिदरको अनुमान ५।६ प्रतिशतबाट बढाएर ६।१ प्रतिशत पु¥याएको छ। सन् २०२७ का लागि भने प्रक्षेपण ३।३ प्रतिशतबाट बढाएर ४।२ प्रतिशत कायम गरेको छ । यो सरकारले तोकेको २।५ देखि ४।५ प्रतिशतको अनुमानित दायराको उच्च सीमातर्फ रहेको छ ।

मेब्याङ्कका अनुसार एआई कम्प्युटिङ क्षमताको विश्वव्यापी मागले सन् २०२७ को पहिलो छ महिनासम्म विद्युतीय सामग्री निर्यात र लगानीलाई सहयोग गर्नेछ । माइक्रोनको हाई–ब्यान्डविथ मेमोरी ९एचबीएम० उन्नत प्याकेजिङ सुविधा तथा भीएसएमसीको ३०० एमएम वेफर उत्पादन कारखानाको विस्तारले पनि औद्योगिक उत्पादन बढाउने अपेक्षा छ ।

ऊर्जा पूर्वाधारमा हुने लगानी र ठूला निर्माण परियोजनाले समेत आर्थिक वृद्धिमा योगदान पु¥याउनेछन् ।

यसैबीच, डीबीएस ग्रुप रिसर्चले सन् २०२७ को आर्थिक वृद्धिदर ३।५ प्रतिशत रहने अनुमान यथावत् राखेको छ । संस्थाले सन् २०२६ को प्रक्षेपण भने ५।७ प्रतिशतबाट बढाएर ६।१ प्रतिशत पु¥याएको छ ।

डीबीएसका अनुसार विश्वव्यापी एआई लगानी जारी रहने भए पनि यसको केन्द्र पूर्वाधार निर्माणबाट व्यावहारिक प्रयोग, एप्लिकेसन र कार्यप्रवाहतर्फ सर्नेछ । लगानीकर्ताले एआईमा गरिएको खर्चको प्रतिफललाई पनि बढी महत्व दिनेछन् ।

यसले सिंगापुरको विद्युतीय सामग्री निर्यात, उत्पादन र थोक व्यापारमा सकारात्मक प्रभाव कायम राख्नेछ। तर ती क्षेत्रको विस्तार यस वर्षको तुलनामा मध्यम गतिमा हुने अपेक्षा गरिएको छ ।

एआई र सेमिकन्डक्टर क्षेत्रमा निरन्तर लगानी तथा ऊर्जा पूर्वाधार विकासले सिंगापुरको अर्थतन्त्रलाई सहयोग गर्ने भए पनि सन् २०२७ मा वृद्धिदर दिगो र सामान्य स्तरमा फर्किने देखिएको छ ।


Invalid PDF File