काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चिकित्सा शिक्षा विधेयक अध्यादेशभन्दा फरक पारिए सदनमै अनसन बस्ने कांग्रेसको चेतावनी

6.72K
shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका असंवैधानिक क्रियाकलापविरुद्ध संसदमै अनसन बस्ने चेतावनी दिएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदले सरकार निरंकुश शैलीमा अघि बढेको र नागरिकलाई बोल्न पाउने नैसर्गिक अधिकारबाट समेत बञ्चित गराएको आरोप लगाए ।

सांसद अमरेशकुमार सिंहले हिजो लोकतन्त्रका लागि बन्दुक पड्काउँदै लडेको पार्टीले आज सरकारमा बसेर नागरिकलाई बोल्न पाउने अधिकारबाट वञ्चित गरेको आरोप लगाए । ‘के लोकतन्त्रको परिभाषामा कहीँ कसैले भेला गर्न नपाउने ?’ उनले प्रश्न गरे, ‘कसैले कुनै सरकारको विरोध गर्न पाउँदैन ?’

सांसद सिंहले हिटलर, स्टालिन र माओको पालामा सबैभन्दा बढी हत्या भएको स्मरण गराउँदै सरकारको कार्यशैलीप्रति शंका व्यक्त गरे । ‘जुन पार्टी आज सरकारमा छ, हिजो लोकतन्त्रका लागि लडिरहेको थियो, बन्दुक पड्काइरहेको थियो तर आज त्यही पार्टी आएर, त्यही व्यक्ति सरकार र मन्त्रीमा बसेर बोल्न पनि बन्देज लगाइरहेको छ,’ उनले भने, ‘यो कस्तो लोकतन्त्र हो ? बाहिर हल्ला छ, यो सरकार लोकतान्त्रिक प्रक्रियामा हिटलरको बाटोमा जाने । कि स्टालिनको बाटोमा जाने ! कि माओको बाटामा जाने !’ संसदमै अनसन बस्ने अवस्था सिर्जना नगर्न उनले सरकारलाई चेतावनी दिए ।

सांसद डिला संग्रौला पन्तले डा. केसीलाई सरकारले गैरन्यायिक व्यवहार गरेर लोकतन्त्र र मानवअधिकारको धज्जी उठाएको आरोप लगाइन् ।