global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रधानमन्त्रीलाई नेवि संघको चेतावनी : निरंकुश नहुनुस्

प्रधानमन्त्रीलाई नेवि संघको चेतावनी : निरंकुश नहुनुस्

प्रधानमन्त्रीलाई नेवि संघको चेतावनी : निरंकुश नहुनुस्

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले वर्तमान सरकार तत्कालिन राजा ज्ञानेन्द्र भन्दा थप निरंकुश हुन खोजेको आरोप लगाएको छ । राजधानीको माइतीघर मण्डलामा बुधबार नेवि संघले निषेधित क्षेत्र तोडर गंगामाया अधिकारी, डा. गोविन्द के.सी लगायतका माग सम्बोधन गर्न माग गरेका हो ।

त्यसक्रममा प्रहरीसँग झडप भएपछि नेवि संघले सरकार निरंकुश शैलिमा प्रस्तुत भएको टिप्पणी गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदीप पौडेलले विगतमा केपी ओली र प्रचण्ड आफैँले माइतीघर मण्डलामा भाषण गरेको भुल्न नहुने बताए । ‘तत्कालिन राजा ज्ञानेन्द्रले निषेधित क्षेत्र घोषणा गर्दा त्यसलाई तोडेर लडेको भुल्नुहुँदैन’ न्युजकारोबारसँग कुरा गर्दै पौडेलले भने, ‘वर्तमान सरकार त्यही बाटोमा जानु हुँदैन भन्ने हो ।’

सरकारले एक साताअघि निषेधित तोकेको थियो । नेवि संघका नेता कार्यकर्ताले बुधबार माइतीघर मण्डलाको मध्य भागमा तीन पटक घुमेर प्रदर्शन गरेका हुन् । संसदमा समेत निषेधित क्षेत्र तोड्ने बारे नेपाली कांग्रेसले आन्दोलन गर्ने र विरोधमा कडा रुपले प्रस्तुत हुने बताउँदै आएको छ । सोही रणनीति अनुसार नेवि संघले बुधबार बृहत प्रदर्शन गरेको हो ।

प्रकाशित समय : ०१:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु