गृहपृष्ठ विराटनगर महानगरको ‘फोहर डस्बिनमा फालौं’ अभियान
विराटनगर महानगरको ‘फोहर डस्बिनमा फालौं’ अभियान
फोहरमैला व्यवस्थापनका लागि विराटनगर महानगरपालिकाले ‘अब फोहर डसविनमा फालौं’ भन्ने नारा सहित विशेष अभियान थालेको छ । एक कार्यक्रमकाबीच महानगर प्रमुख भिम पराजुलीले डस्बिन राखेर उक्त कार्यक्रमको थालनी गरेका हुन् ।
डस्बिन महेन्द्रचोक देखि ट्राफिक चोक, मेनरोड हुँदै तीनपैनी, पानिटंकी देखी पुष्पलालचोक सम्म राखिने भएको छ । हाल सम्म महेन्द्रचोक, ट्राफिकचोक हुँदै गोल्छामोडसम्म २ सय डस्बिनहरु राखिएको छ ।
अन्य स्थानहरुमा डस्बिनहरु आवश्यकताअनुसार राखिने पराजुलीले जानकारी दिए । अव चुइगम, लकलेट, विस्कुटका खोलहरुलगायत बिभिन्न प्रकारका फोहरजन्य पदार्थहरु डस्बिनमा फाल्नुपर्ने छ । फोहर व्यवस्थापनलाई विशेष अभियानकै रुपमा निरन्तरता दिने पराजुलीले बताए ।
कार्यक्रमका विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल, संयुक्त टोल संगठनका संयोजक राजेश मास्के, वडाध्यक्षहरु निश्चल अर्याल, मिन कुमार आचार्य, कुमार पोखरेल, जिल्ला ट्राफिक कार्यालयका प्रमुख शिव पोखरेललगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित समय : २३:३८ बजे




















