गृहपृष्ठ प्रदेशस्तरीय थेरापी कार्यशाला बुटवलमा
प्रदेशस्तरीय थेरापी कार्यशाला बुटवलमा
बुटवलमा प्रदेशस्तरीय थेरापी सम्बन्धी कार्याशाला सुरु भएको छ । कार्याशालाको शुक्रबार प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वाथ्य माहाशाखा प्रमुख डा. उमाशंकर चौधरीले सुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै डा. चौधरीले सामाजिक जनचेतानको रुपमा थेरापी विधालाई अगाडी बढाउनुपर्ने धारणा राखे । उनले चिकित्सा प्रणाली मध्ये थेरापी महत्पूर्ण विधा भएको भन्दै यसलाई अघि बढाउनु आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘यो चिकित्सा क्षेत्रको महत्पूर्ण विधा हो, दीर्घकालिन रुपमा हानी नहुने गरी अगाडि बढाउनु आवश्यक छ ।’
कार्यक्रममा बोल्दै लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले चिकित्सका क्षेत्रको लागि थेरापी पुरानो र विश्ववसिनय विधा भएको धारणा राखे । उनले शरीरलाई हानी नहुने गरी यो विधिको प्रयोग गरेर उपचार गर्न सकिने बताए ।
प्रकाशित समय : २२:४३ बजे



















