काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्नुपर्छ : पोखरेल

693
shares

ai logo सारांश

  • बुटवललाई आर्थिक राजधानी बनाउने अवधारणा अघि बढाउन शङ्कर पोखरेलको जोड।
  • बुटवल र दाङबीच प्रतिस्पर्धा होइन, सहकार्यबाट प्रदेश विकास गर्नुपर्ने पोखरेलको भनाइ।
  • प्रदेशको सन्तुलित विकासका लागि राजनीतिक सहकार्य आवश्यक : पोखरेल

बुटवल । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले आफू मुख्यमन्त्री हुँदा प्रदेशकै ठूलो विकास परियोजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको योजना अघि बढाएको स्मरण गरे।

उनले प्रदेशका सबै क्षेत्रको सन्तुलित विकासमा जोड दिँदै प्रदेश राजधानीको विषयलाई लिएर बुटवल र दाङबीच प्रतिस्पर्धा गराउन नहुने बताए। दुवै क्षेत्रको सम्भावना उपयोग गर्दै समग्र प्रदेशको विकासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

विकासका साझा एजेन्डामा राजनीतिक आग्रहभन्दा माथि उठेर सहकार्य गर्न सके प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा योगदान पुग्ने उनले बताए। लोकतन्त्र सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन र मुलुकको विकासका लागि राजनीतिक दलबीच सहकार्य र संवाद आवश्यक रहेको पोखरेलले उल्लेख गरे।