काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नाइजेरियाको एक सैन्य अखडामा आक्रमण विफल, ४८ जना आईएसडब्ल्यूएपी लडाकु मारिएको सेनाको दाबी

693
shares

नाइजेरियाली सेनाले उत्तरपूर्वी राज्य बोर्नो र योबेमा रहेका सैन्य अखडामा भएका दुईवटा आक्रमण विफल पारेको र त्यस क्रममा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स(आईएसडब्ल्यूएपी) का कम्तीमा ४८ जना संदिग्ध लडाकु मारिएको जनाएको छ ।

उत्तरपूर्वी क्षेत्रमा सञ्चालित ‘अपरेसन हादिन काई’ का संयुक्त कार्यदलका प्रवक्ता मोहम्मद गोनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बिहीबार राति र शुक्रबार बिहान बोर्नो राज्यको ग्वाजा स्थानीय सरकारी क्षेत्रअन्तर्गत बिट्टा तथा योबे राज्यको बुनी यादीस्थित सैन्य अखडामा आक्रमण भएको थियो । सेनाले दुवै आक्रमण विफल पारेको जनाएको छ ।

गोनीका अनुसार बोर्नोको बिट्टामा बिहीबार राति भएको आक्रमणलाई सेनाले हवाई सहयोगसहितको जवाफी कारबाहीमार्फत विफल पारेको थियो ।

त्यस्तै, योबे राज्यको बुनी यादीमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म आक्रमण गर्ने लडाकुविरुद्ध सेनाले जवाफी कारबाही गरेको थियो ।

कारबाहीका क्रममा एक सैनिकको मृत्यु भएको र अन्य दुई जना घाइते भएको गोनीले बताए । सेनाले लडाकुबाट ५२ थान हतियारसमेत बरामद गरेको जनाएको छ ।

नाइजेरियाली सेनाले सशस्त्र समूहहरूको गतिविधि र परिचालन क्षमता कमजोर पार्न तथा उनीहरूको सदस्य भर्ती, प्रचारप्रसार र आक्रमणको समन्वय गर्ने क्षमतामा अङ्कुश लगाउन सुरक्षा कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।

आईएसडब्ल्यूएपी उत्तरपूर्वी नाइजेरियामा सक्रिय सशस्त्र समूह हो । यसले बोको हरामसँगै उक्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्दै आएको छ । यी समूहले लेक चाड क्षेत्रका अन्य देशमा समेत आक्रमण गर्दै आएका छन् ।रासस