काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सीमा सुरक्षामा सशस्त्र प्रहरीको कडाइ, १ अर्ब ३३ करोडको अवैध सामान बरामद

1.05K
shares

ai logo सारांश

  • सशस्त्र प्रहरीद्वारा सात महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामान बरामद।
  • सीमा क्षेत्रमा ४२१ लागूऔषध कारोबारी र मानव बेचबिखनमा संलग्न ९१ जना पक्राउ।
  • सीमा अतिक्रमणका २३७ संरचना हटाइए, जोखिममा परेका १६७ जनाको उद्धार।

रौतहट । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले तस्करी, लागूऔषध कारोबार, हातहतियार ओसारपसार र मानव बेचबिखनविरुद्धको कारबाही तीव्र पारेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको सरकारी विवरणमा उल्लेख छ।

प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेज ‘पीएमओ नेपाल’ मार्फत सोमबार सार्वजनिक विवरणअनुसार २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्मको अवधिमा उक्त परिमाणको अवैध सामग्री बरामद गरिएको हो।

यस अवधिमा सशस्त्र प्रहरीले १७ थान अवैध हातहतियार बरामद गर्नुका साथै त्यससम्बन्धी गतिविधिमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। त्यस्तै, लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन तथा विभिन्न प्रकारका ट्याब्लेट र इन्जेक्सन बरामद गरिएको जनाइएको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्रममा जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका रहेका छन्। यससम्बन्धी गतिविधिमा संलग्न ९१ जनालाई पक्राउ गरिएको सरकारी विवरणमा उल्लेख छ।

सीमा अतिक्रमण तथा दशगजा क्षेत्रको संरक्षणका लागि सशस्त्र प्रहरीले ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाएको छ। त्यस्तै, १७ स्थानमा अतिक्रमण गरी खेती गरिएको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ।

सीमा क्षेत्रलाई व्यवस्थित र स्वच्छ राख्ने अभियानअन्तर्गत २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ। सीमावासीसँगको सम्बन्ध सुदृढ बनाउने र सीमा सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले २ हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएको विवरणमा उल्लेख छ।

यसैगरी, १४१ वटा सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना लाभान्वित भएका छन् भने १३ वटा पर्यटक सहायता कक्षमार्फत १० हजार ६५४ जनाले सेवा प्राप्त गरेका छन्।

सरकारी विवरणले सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रण, राजस्व संरक्षण, मानव बेचबिखन नियन्त्रण तथा सीमावर्ती नागरिकलाई सेवा प्रवाह गर्ने क्षेत्रमा सशस्त्र प्रहरीको गतिविधि देखाएको छ।