काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णाली याक्सबाट खेल्न डेविड मिलर नेपाल आइपुगे

1.13K
shares

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन् ।

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोट्र्स प्रा।लीका प्रतिनिधिले स्वागत गरेका थिए ।

३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो छाप छाडेका छन् ।

भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रैलिगहरु खेलेका छन् । उनले आइपिएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आइपिएल जित्दा मुलर मुख्य खेलाडी थिए ।

कर्णाली याक्स स्पोट्स् प्रा.लीमा अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताएका छन् ।

मिलरले दक्षिण अफ्रिकाबाट एक सय ४० टी–२० आईमा दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा दुई सतक र ९ अर्धसतक प्रहार गरेका थिए । उनको आफ्नो करियरको दुई टी–२० सतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए ।

यता, पाँच सय ८४ टी–२० आई खेल खेल्दा १२ हजार ४३५ रन बनाएका छन् । यसक्रममा चार सतक तथा ५३ अर्धसतक बनाएका छन् । मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध खेल्दा ३५ बलमै कीर्तिमानी सतक प्रहार गरेका थिए । यस्तै, आइपिएलमा पञ्जावबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दा ३८ बलमै सतक प्रहार गरेका थिए ।

कात्तिक ९ बाट सुरु भएको एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ । जसमध्ये दुई खेल जितेको थियो । टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने काठमाडों गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो ।

अब, कर्णालीले शुक्रबार सुदूपश्चिम रोयल्सँग खेल्दैछ । सो खेलमा डेविड मिलर सहभागी हुनेछन् ।