काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्यमा ११ हजार भन्दा बढीको गिरावट, तोलाको कति ?

5.36K
shares

नेपाली बजारमा दशैं पछिको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा भारी गिरवाट देखिएको छ । आइतबार सुनको मूल्य ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँ पुगेको छ । गत कात्तिक २ गते नेपाली बजारमा सुनको मूल्य २ लाख ९० हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य २३० रुपैयाँले घटेर तोलाको ३ हजार ९५५ रुपैयाँ पुगेको छ । गत कात्तिक २ गते चाँदीको मूल्य ४ हजार १८५ रुपैयाँ रहेको थियो ।