काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुट्टाबारी–प्याकुरेल चोक सडक निर्माण सम्पन्न, आज उद्घाटन गरिँदै

693
shares

झापा । झापाको बिर्तामोड नगरपालिका–६, ७ र ८ लाई जोड्ने बुट्टाबारी–प्याकुरेल चोक सडक निर्माण सम्पन्न भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा नेपाल शहरी शासकीय पूर्वाधार आयोजनामार्फत निर्माण गरिएको उक्त सडकको आज बुधबार औपचारिक उद्घाटन गरिने तयारि भएको हो ।

बिर्तामोड–६ को बुट्टाबारीवाट खालबारि हुदै विर्तामोड चोक वाट सदरमुकाम भद्रपुर रोड जोड्ने यो सडक कोशी प्रदेशको नै उत्कृष्ट किसिमको बन्न लागेको हो ।

६४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त सडक ६ दशमलव २ किलोमिटर लामो छ । सडक १२ दशमलव ५ मिटर चौडाइको रहेको छ भने दुवैतर्फ २ दशमलव २ मिटरका फुटपाथसमेत निर्माण गरिएको छ । सडक निर्माणको जिम्मेवारी आरपी साप समता जेभीले पाएको थियो ।

सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्नुका साथै फुटपाथ, पेभर्स, सडकबत्ती जडान, विद्युत्काका पोल व्यवस्थापन तथा स्थानीयको मागअनुसार ट्रान्सफर्मर सार्नेलगायतका काम गरिएको छ ।

निर्माणका क्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, र वरिष्ठ योजना अधिकृत जय तिम्सिनासहितको टोलीले पटक पटक अनुगमन गरेको थियो । त्यसक्रममा नगरप्रमुख प्रसाईले निर्माणमा गुणस्तर कायम राख्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो ।

सडक निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका स्थानीयवासीलाई आवागमनमा सहज भएको छ । बुट्टाबारी, प्याकुरेल चोक हुँदै बिर्तामोड बजारसम्मको सडक पहुँच विस्तार हुँदा स्थानीयको दैनिक यात्रा तथा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

बिर्तामोड नगरपालिका–७ का युवा व्यवसायी हिमाल सिटौलाका अनुसार सडक निर्माणले स्थानीयको जग्गाको मूल्य बढ्नुका साथै बजारसम्मको पहुँच सहज भएको बताए । उनले सडक स्तरोन्नतिले स्थानीयको आवागमन र व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सडक निर्माणले बिर्तामोडको सहरी पूर्वाधार विकास, बस्तीको बजारसँगको सम्पर्क विस्तार र स्थानीय आर्थिक गतिविधि प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको कोशी प्रदेशका पूर्व खानेपानी तथा सिचाई मन्त्री तथा स्थानीय एकराज कार्कीले बताए ।

आज एक समारोहको बीच पुर्ब मन्त्री कार्किको बाहुलिवसट सडकको उदघाटन गर्न लागिएको बिर्तामोड नगरका प्रमुख पवित्रा महतरा प्रसाईले नेपाल न्युज बैंकलाई बताए ।