global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कुखुराको मासु खाँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस ! मरेको कुखुरा यसरी बेचिदै छ बजारमा

कुखुराको मासु खाँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस ! मरेको कुखुरा यसरी बेचिदै छ बजारमा

कुखुराको मासु खाँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस ! मरेको कुखुरा यसरी बेचिदै छ बजारमा

अहिले बजारमा बोइलर कुखुराको माग उच्च छ । माग बढिरहेका बेला वजारमा विषदीयुक्त मासु पनि छ्याप छ्याप्ती पाइन थालेको छ । जीउदो कुखुरासंग मिसाएर मरिसकेका कुखुराको मिसाएर विक्री वितरण गर्ने कार्य वजारमा बढ्दै गएको तथ्य फेला परेको छ ।

१ सय ७० वटा मरेको कुखुरा बेच बिखन गर्न लगिरहेको अवस्थामा गाडीसहित ३ जना पक्राउ परेको छ । महानगरिय प्रहरी परिसर काठमाडौंका अनुसार विहिबार साँझ काठमाडौं म्हैपी नजिक खोला किनारमा पिकअप भ्यानबाट करिव ३ सय २५ किलो बराबरको १ सय ७० वटा मरेको कुखुरा बरामद गरिएको महानगरिय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोख्रेलले जानकारी दिए ।

प्रहरीले मरेको कुखुरासँगै बा १७ च – १२३६ नम्बरको भ्यानबाट चालक सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा ३५ वर्षीय चालक चन्द्र बहादुर अधिकारी, व्यवापारीहरु हिमाल बर्तौला र अनिष दोङ्ग रहेका छन् । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मरेका कुखुरामा नगन्हाउने विषादी प्रयोग गरेर बजारमा विक्री गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो । उनीहरुले अरु थुप्रै मरेका कुखुरा बजारमा बेचीसकेको हुन सक्ने एसएसपी पोख्रेलले जानकारी दिए । उपभोक्तासम्म पुग्न नदिन बजारमा छापा मार्न सुरु गरिसकेको उनको भनाइ छ ।

नियन्त्रणमा लिइएको मरेका कुखुरा भने नष्ट गरिएको छ । अभियुक्तहरुले मरेको कुखुरा नयाँ बजार क्षेत्रमा बेच्न लैजादै गरेको प्रहरीलाई बयान दिएका छन् । उनीहरुले विशेषगरी होटलवालाहरुसंग सम्पर्क गरी मरेको कुखुराको अर्डर ल्याउने गरेको पाइएको छ । उक्त मरेको कुखुरा हेटौँडाबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धाने देखाएको छ ।

प्रकाशित समय : ००:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु