काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुटवलमा हायात प्लेसको शुभारम्भ संगै पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा नयाँ युगको सुरुवात

3.13K
shares

यो सुरुवातले नेपालको तीव्र आर्थिक र औद्योगिक केन्द्र बन्दै गरेको बुटवलमा विश्वस्तरीय सेवा र अन्तर्राष्ट्रिय मापदण्ड भित्र्याउँदै एक रणनीतिक कोसेढुङ्गा खडा गरेको छ।

बुटवल, रुपन्देही, नेपाल :
पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा एक ऐतिहासिक पाइला सार्दै, हायात प्लेस बुटवलुले आधिकारिक रूपमा आफ्नो सेवा सुरु गरेको घोषणा गरेको छ। यो बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल हो। यो सुरुवातले बुटवलको बढ्दो आर्थिक र पर्यटकीय महत्त्वलाई उजागर गर्नुका साथै तीव्र विकासको पथमा रहेको यहाँको बजारमा विश्वस्तरीय हस्पिटालिटीको मापदण्ड स्थापित गरेको छ।

होटलले हालै आफ्नो भव्य ओपनिङ समारोह ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’ को सफल आयोजनासँगै सहरको सामाजिक र जीवनशैलीमा बलियो छाप छोडिसकेको छ। उक्त कार्यक्रममा प्रतिष्ठित व्यवसायी, सामाजिक व्यक्तित्वहरू र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो, जसले ह्यात प्लेस बुटवलको विश्वस्तरीय कार्यक्रम र अनुभवहरू प्रदान गर्ने क्षमतालाई पुष्टि गरेको छ।

हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगर भन्छन्,’हाम्रो नयाँ वर्षको कार्यक्रमप्रति देखिएको उत्साहजनक प्रतिक्रियाले बुटवल अब प्रिमियम जीवनशैलीको अनुभव गर्न तयार छ भन्ने स्पष्ट पारेको छ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु र यहाँको तीव्र औद्योगिक विस्तारले अन्तर्राष्ट्रिय स्तरको आवासको माग ह्वात्तै बढाएको छ। ह्यात प्लेस बुटवलले व्यापारिक यात्री पर्यटक र यस क्षेत्रको विस्तारित व्यापारिक इकोसिस्टमलाई सेवा दिँदै त्यही अभावलाई पूरा गर्ने लक्ष्य राखेको छ।’

बुटवलस् पश्चिम नेपालको उदाउँदो आर्थिक र कनेक्टिभिटी हब
महेन्द्र राजमार्ग (एसियन हाइवे) र सिद्धार्थ राजमार्गको संगममा रणनीतिक रूपमा अवस्थित बुटवल, एक ट्रान्जिट सहरु बाट व्यापारिक र औद्योगिक पावरहाउसमा तीव्र रूपमा रूपान्तरण हुँदैछ।

अन्तर्राष्ट्रिय हवाई सम्पर्क, विस्तारित औद्योगिक क्षेत्र र रणनीतिक राजमार्गको पहुँचका कारण बुटवल व्यापार, पर्यटन र पारवहन जोड्ने पश्चिम नेपालको सबैभन्दा महत्त्वपूर्ण सहर बन्दै गएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनले सीमापार व्यापार, लगानी र पर्यटनलाई बढावा दिँदै यो गतिलाई थप तीव्र बनाएको छ। लुम्बिनी प्रदेशभरि उद्योग र कलकारखाना विस्तार भएसँगै बुटवल कर्पोरेट गतिविधि र व्यापारिक यात्राको लागि मुख्य केन्द्र बन्दै गएको छ।

यस रूपान्तरणलाई सहयोग गर्दै हायात प्लेस बुटवलले कर्पोरेट बसाइ, उच्चस्तरीय बैठक, सम्मेलन र नेटवर्किङका लागि सहरकै पहिलो अन्तर्राष्ट्रिय स्तरको गन्तव्य प्रदान गरी यस क्षेत्रको हस्पिटालिटीलाई नयाँ परिभाषा दिएको छ।

यात्रीहरूले हायात प्लेस बुटवल रोज्नु पर्ने मुख्य कारण के हो ?
व्यापारिक र मनोरञ्जनका लागि भ्रमण गर्ने दुवै थरीका यात्रीहरूका लागि ह्यात प्लेस बुटवल पश्चिम नेपालको उत्कृष्ट प्रवेशद्वार हो।

लुम्बिनीको प्रवेशद्वार :
भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट नजिकको दूरीमा रहेको यो होटलले तीर्थयात्री र सांस्कृतिक पर्यटकहरूलाई आफ्नो आध्यात्मिक यात्रापछि विश्राम लिन र तरोताजा हुन एक उत्कृष्ट र परिष्कृत वातावरण प्रदान गर्छ।