काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गजर्स इन्टरनेसनलको लक्की ड्र, दुई विजेताले जिते टीभीएसका स्कुटर र मोटरसाइकल

420
shares

काठमाडौं । गजर्स इन्टरनेसनलले आफ्नो पर्वोत्सव अभियान ‘सप मोर, गेट मोर’ सम्पन्न गर्दै भाग्यशाली विजेताहरूको नाम सार्वजनिक गरेको छ।

काठमाडौंस्थित सिभिल मलमा आइतबार (नोभेम्बर २२) आयोजित विशेष कार्यक्रममा लक्की ड्रमार्फत दुई मुख्य विजेता घोषणा गरिएको हो।

अभियानअन्तर्गत प्रथम विजेता भानु एले टीभीएस रोनिन मोटरसाइकल जित्नुभएको छ भने दोस्रो विजेता राजकुमार सापकोटाले टीभीएस एनटर्क स्कुटर प्राप्त गर्नुभएको छ। मुख्य पुरस्कारबाहेक अन्य भाग्यशाली सहभागीलाई पनि आकर्षक उपहार ह्याम्पर प्रदान गरिएको कम्पनीले जनाएको छ।

गजर्स इन्टरनेसनलअन्तर्गतका स्केचर्स, एन्टा, जोमा र बालाबाला ब्रान्डको सहभागितामा सञ्चालन भएको अभियानले नेपालभरका ग्राहकको उत्साहजनक सहभागिता पाएको कम्पनीको भनाइ छ।

लक्की ड्र घोषणा कार्यक्रममा सञ्चारकर्मी, इन्फ्लुएन्सर, ग्राहक तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो।

कम्पनीले अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण ग्राहक, सञ्चारमाध्यम तथा इन्फ्लुएन्सरप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि आकर्षक अभियान र पुरस्कारमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।