काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

777
shares

अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले २५८ सिट जित्दै सन् १९९२ यताकै ठूलो बहुमत हासिल गरेको छ । सन् २०१८ को मध्यावधि निर्वाचनमा प्राप्त ४० सिटको उपलब्धिलाई उछिन्दै यसपटक डेमोक्रेटले अहिलेसम्म ४४ सिट जितेका हुन् ।

उत्तरी क्यारोलिनामा डेमोक्रेटिक उम्मेदवार चक हबार्डले रिपब्लिकन प्रतिनिधि भर्जिनिया फक्सलाई ३३० मतले पराजित गरेपछि पार्टीको सिट सङ्ख्या २५८ पुगेको हो ।

सीबीएस न्युजका अनुसार ४३५ सदस्यीय प्रतिनिधिसभामा डेमोक्रेटले पाएको यो बहुमत पार्टीको अपेक्षाभन्दा बढी हो । अझै चार निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहेकाले थप सिट जित्ने सम्भावना छ । रिपब्लिकनले भने कम्तीमा १७३ सिट पाउने निश्चित भएको छ ।

सभामुख बन्ने तयारीमा रहनुभएका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले यस शताब्दीमा अमेरिकी काङ्ग्रेसमा कुनै पनि पार्टीले हासिल गरेको यो सबैभन्दा ठूलो बहुमत भएको बताएका छन ।

निर्वाचन परिणामले अमेरिकामा विभाजित सरकारको अवस्था सिर्जना गरेको छ । डेमोक्रेटले सिनेटमा नियन्त्रण कायम राखेका छन् भने रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा छन । डेमोक्रेटले बढ्दो जीवनयापन खर्च सम्बोधन गर्ने १०० दिने कार्यसूची बनाउनुका साथै ट्रम्प प्रशासनमाथि व्यापक निगरानी गर्ने तयारी गरेको सीबीएस न्युजले जनाएको छ ।रासस