काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २ करोड १२ लाखभन्दा बढीले लिए सेवा

546
shares

ai logo सारांश

  • मनकामना केबलकार २९औँ वर्षमा, २ करोड १२ लाखले लिए सेवा
  • २८ वर्षमा मनकामना केबलकार, २ करोडभन्दा बढी यात्रुलाई सेवा
  • नेपालको पहिलो केबलकार मनकामना २९औँ वर्षमा प्रवेश

चितवन। नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले सञ्चालनको २८ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ।

चितवन को–इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ।

समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। कम्पनीले वार्षिकोत्सवका अवसरमा संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कम्पनीले केबलकारप्रति विश्वास र साथ दिँदै आएका ग्राहक, कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदार, स्थानीय समुदाय, सहिद लखन र इच्छाकामना गाउँपालिका, चितवन तथा गोरखा जिल्ला प्रशासन कार्यालयलगायत सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। आगामी दिनमा यात्रुहरूलाई थप उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्ने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।