काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

क्रिकेटर डा. ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त

1.16K
shares

ai logo सारांश

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी डा. ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेज प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
  • नयाँबजारस्थित होटल जी रामायणमा बुधबार आयोजित कार्यक्रममा अभिवादन एक्सपिडिसन होलिडेज र डा. पाण्डेबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो ।
  • सम्झौतामा अभिवादन एक्सपिडिसन होलिडेजका अध्यक्ष डा. उमेश गुप्ता र डा. ईशान पाण्डेले हस्ताक्षर गरेका छन् ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी डा. ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेज प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।

काठमाडौंको नयाँबजारस्थित होटल जी रामायणमा बुधबार आयोजित कार्यक्रममा अभिवादन एक्सपिडिसन होलिडेज र डा. पाण्डेबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा अभिवादन एक्सपिडिसन होलिडेजका अध्यक्ष डा. उमेश गुप्ता र डा. ईशान पाण्डेले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सञ्चारकर्मी तथा अतिथिहरूको उपस्थिति थियो ।

ब्रान्ड एम्बेसडरका रूपमा डा. पाण्डेले कम्पनीका ब्रान्ड अभियान तथा प्रचारात्मक गतिविधिमा प्रतिनिधित्व गर्नेछन् । नेपाली क्रिकेट र नेपालको पर्यटन क्षेत्रलाई एकसाथ प्रवद्र्धन गर्ने उद्देश्यले साझेदारी गरिएको कम्पनीले जनाएको छ ।

अभिवादन एक्सपिडिसन होलिडेजका अध्यक्ष डा. उमेश गुप्ताले कम्पनीले २७ वर्षभन्दा लामो समयदेखि नेपाल तथा क्षेत्रका विभिन्न गन्तव्यमा पर्यटकलाई सेवा दिँदै आएको बताए । उनले डा. पाण्डेको अनुशासन, ऊर्जा र राष्ट्रिय पहिचानले कम्पनीको ब्रान्डलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

त्यस्तै, डा. ईशान पाण्डेले अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर बन्न पाउँदा खुसी लागेको बताए । नेपालमा पर्यटकका लागि धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले नेपालको पर्यटनलाई विश्वभर चिनाउन सहयोग गर्ने बताए ।

काठमाडौंमा मुख्यालय रहेको अभिवादन एक्सपिडिसन होलिडेजले नेपाल, भुटान र बंगलादेशमा पर्यटनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।