काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

1.28K
shares

ai logo सारांश

  • धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
  • नेप्से परिसूचक ११ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६२५ दशमलव ०५मा पुगेको छ ।
  • ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०६ अङ्कले घटेर ४७६ दशमलव १५ मा पुगेको छ ।

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६२५ दशमलव ०५मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०६ अङ्कले घटेर ४७६ दशमलव १५ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५६ अङ्कले घटेर १८२ दशमलव २० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३४ अङ्कले घटेर १६१ दशमलव ४२मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड एक लाख ६२ हजार ६०५ कित्ता सेयर चार अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूह घट्यो भने दुई उपसमूह बढेको छ । ६९ कम्पनीको सेयर बढ्यो भने २०० कम्पनीको सेयर घटेको छ । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज सानिमा लार्ज क्याप फण्ड, कुमारी सवल योजना र लिवर्टी इनर्जी कम्पनीलगायतका लगानीकर्ताले आम्दानी गरेका छन् । त्यसैगरी एभरेष्ट कलर, सयपत्री हाइड्रोपावर र सेन्ट्रल फाइनान्सलगायतका लगानीकर्ताले गुमाएका छन् ।