काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रिद्धि सिद्धि सिमेन्टको ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ विशेष योजना सार्वजनिक

420
shares

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले घर निर्माणको शुभारम्भलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ विशेष योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत रिद्धि सिद्धि सिमेन्ट प्रयोग गर्न चाहने ग्राहकले आफ्नो निर्माण साइट दर्ता गरी विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यस योजनामा सहभागी हुने ग्राहकले ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक सम्पूर्ण पूजा सामग्री समावेश गरिएको विशेष ‘शिलान्यास बक्स’ प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार योजनामा सहभागी हुन ग्राहकले उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी दर्ता फाराम भर्नुपर्नेछ। साथै, १०० बोरा वा सोभन्दा बढी रिद्धि सिद्धि सिमेन्ट खरिद गरेको भ्याट बिलसमेत अपलोड गर्नुपर्नेछ।

योजनाअन्तर्गत प्रत्येक निर्माण साइटले एकवटा मात्र शिलान्यास बक्स प्राप्त गर्न सक्नेछन्। ग्राहकको निर्माण साइटमा कम्पनीका प्रतिनिधि स्वयं उपस्थित भएर शिलान्यास बक्स र ५ ग्राम चाँदीको सिक्का उपलब्ध गराउने व्यवस्था गरिएको छ। ग्राहकको सहभागिता खरिद गरेको भ्याट बिलका आधारमा प्रमाणीकरण गरिने कम्पनीले जनाएको छ।

मंसिर ४ गतेदेखि पुस ४ गते, २०८३ सम्म लागू हुने यस योजनामार्फत घर निर्माणको पहिलो चरणलाई नेपाली परम्परा, आस्था र संस्कृतिसँग जोड्ने कम्पनीको उद्देश्य रहेको छ।

रिद्धि सिद्धि सिमेन्टले गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउनुका साथै ग्राहकको निर्माण यात्राका महत्वपूर्ण अवसरलाई विशेष बनाउन योजना ल्याएको जनाएको छ। ‘गुणस्तरको नयाँ स्तर’ भन्ने प्रतिबद्धताअनुरूप ग्राहकसँगको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले योजना सञ्चालन गरिएको कम्पनीले उल्लेख गरेको छ।