काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

1.13K
shares

ai logo सारांश

  • सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व सङ्कलन गरेको छ ।

काठमाडौं । सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व सङ्कलन गरेको छ ।

मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट २२ करोड ५८ लाख ५७ हजार १८९, धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट ८४ लाख ७३ हजार ६५० र मकालु आरोहण गर्ने तीन आरोहीबाट छ लाख ८८ हजार ५० राजस्व प्राप्त भएको हो ।

यसैगरी, हिम्लुङ आरोहण दलका १३० जनाबाट ७९ लाख ७४ हजार २० र आमादब्लम आरोहणका टोलीका ४७६ जना आरोहीले  सात करोड १३ लाख ४७ हजार १०० सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन् ।