३० मिनेटमै एनपिएल फाइनलको टिकट बिक्री
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १४:४५
shares

सारांश
- तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल खेल हुँदैछ ।
- साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच उपाधि भिडन्त हुने भएको हो ।
- सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा भिड्दैछ ।
काठमाडौं । तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल खेल हुँदैछ । साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच उपाधि भिडन्त हुने भएको हो ।
सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा भिड्दैछ । लुम्बिनी लायन्स भने उपाधि जोगाउने कसरतमा रहनेछन् । लुम्बिनी र सुदूरपश्चिमबीचको फाइनल खेलको टिकट आधिकारिक रूपमा मात्र ३० मिनेटमा बिक्री भएको छ ।
आधा घन्टामै सबै टिकट सोल्ड आउट भएपछि फाइनल खेल हेर्न रुचि भएक क्रिकेटप्रेमी निराश बनेका छन् । त्रिवि क्रिकेट मैदानमा १५ हजार सिट क्षमता छ ।

























