काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोटेकोशी बाढी प्रभावितका लागि चीनको २ मिलियन डलर अनुदान स्वीकार

819
shares

ai logo सारांश

  • सरकारले भोटेकोशी बाढी प्रभावितका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
  • शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका हनु् ।

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका हनु् ।

उनका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट -यापिड क्रेडिट फ्यासिलिटीअन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबरको निब्र्याजी सहुलियतपूर्ण ऋण पनि स्वीकार गर्ने निर्णय गरेको छ।

यस्तै,बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्नुका साथै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपालभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय भएको छ ।

बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३०, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्र्स २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ पनि स्वीकृत गरेको छ ।