काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

378
shares

धादिङ । रुबीभ्याली गाउँपालिका–४ कलदाङमा आज बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित अन्य नौ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश दाहालका अनुसार दुर्घटनामा रुबीभ्याली–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये छ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित र अन्य तीन जनालाई धादिङ अस्पताल पठाइएको छ ।

सवारी चालक खनियाबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङ, बोराङकी ३३ वर्षीया मिजोङ तामाङ र ११ वर्षीय एक बालक आमोश तामाङको अवस्था गम्भीर रहेको प्रवक्ता दाहालले राससलाई जानकारी दिए ।