काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोटेकोशी बाढीपीडितलाई नगद राहत

378
shares
रसुवा । भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ का १४२ तामाङ परिवारलाई दुई लाख ८४ नगद राहत वितरण गरिएको हो ।
बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पु-याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो ।
अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा बसोबास गर्दै आएका नेपाली तामाङ समुदायका सदस्यहरूबाट सङ्कलित रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।  ‘अमेरिका–नेपाल बाढीपीडित राहत अनुदान सहयोग’ अभियानका संयोजक दावा तामाङको पहलमा जम्मा गरिएको  उक्त रकम काठमाडौँको नागार्जुन नगरपालिका–२ का जनप्रतिनिधिहरूको समूहले रसुवामै पुगेर वितरण गरेको हो ।
अभियानअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–३ का लिङलिङ, बृदिम, खाम्जिङ, शेर्पागाउँ, वाङ्गल र बेन्जयाङका १४२ परिवारलाई जनही दुई हजारका दरले कूल दुई लाख ८४ हजार नगद प्रदान गरिएको वडाध्यक्ष मिङ्मार छिरिङ तामाङले जानकारी दिए।
बाढीका कारण आफन्त गुमाएर गहिरो शोकमा परेका तथा दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत नसक्ने अवस्थामा पुगेका पीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले सहयोग उपलब्ध गराइएको सहयोगी संस्थाले जनाएको छ ।