काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ, असली कांग्रेस हामी नै हौं : निधि

945
shares

ai logo सारांश

  • नेपाली कांग्रेस शेर बहादुर देउवा समूहको मधेश प्रदेश अधिवेशन यही मंसिर १४ गत्ते जनकपुरधाममा हुने भएको छ ।
  • जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेता बिमलेन्द्र निधिले अधिवेशनबारे जानकारी दिएका हुन् ।
  • उनका अनुसार कानुनसम्मत र विधान सम्मत रही अहिलेसम्म अधिवेशनहरु भएका छन ।

जनकपुर । नेपाली कांग्रेस शेर बहादुर देउवा समूहको मधेश प्रदेश अधिवेशन यही मंसिर १४ गत्ते जनकपुरधाममा हुने भएको छ ।

शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेता बिमलेन्द्र निधिले अधिवेशनबारे जानकारी दिएका हुन् । उनका अनुसार कानुनसम्मत र विधान सम्मत रही अहिलेसम्म अधिवेशनहरु भएका छन ।

विधान अनुसार पहिला वडा, त्यसपछि, जिल्ला, त्यसपछि प्रदेश र अन्तमा केन्द्रीय अधिवेशन हुनेमा आफूहरुले सोही अनुसार अधिवेशनहरु सम्पन्न भएको उनले बताए ।

नेता निधिले प्रदेश अधिवेशन अन्तर्गत भोलि ५ गते गण्डिकी प्रदेशको अधिवेशन हुँदैछ, त्यस्तै ७ गते लुम्बिनी प्रदेशको अधिवेशन हुनेछ, त्यस्तै १३ गते कर्णाली प्रदेशको अधिवेशन हुनेछ , १४ गते मधेश प्रदेशको अधिवेशन हुनेछ, १५ गते सुदुरपश्चिमको अधिवेशन हुनेछ, १७ गते कोशी प्रदेशको अधिवेशन हुनेछ र १९ गते बाग्मती प्रदेशको अधिवेशन हुनेछ ।

नेता निधिले यसअघि नेपाली कांग्रेसको गगन थापा पक्षले गरेको अधिवेशन ‘कथाकथित’ रहेको बताए । उनले सो अधिवेशनमा प्रदेश र जिल्लाको अधिवेशननै नगराई सोझै केन्द्रको अधिवेशन गरेकाले त्यस्तो अधिवेशनको कुनै औचित्य नरहेको बताए ।

निर्वाचन आयोगले गगन पक्षको अध्यावधिक पनि नमानेको नेता निधिले दाबी गरे । उनले आफूहरु कानुन र विधान सम्मत रहेको दाबी गर्दै आफूहरु नै असली कांग्रेसी रहेको बताए ।

नेता निधिले प्रदेश अधिवेशनको तयारी सम्बन्धी आजै आठवटै जिल्लाका पदाधिकारी महोत्तरीको वर्दिवासमा बैठक बस्न लागेको जानकारी दिए ।

त्यस्तै, नेता निधिले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि शुभकामना समेत व्यक्त गरेका छन् । उनले भारत भ्रमणकै क्रममा दुबै देशका प्रधानमन्त्रीले अयोध्या जनकपुर रेल सेवाको उद्घाटन गर्ने कार्यक्रमको प्रसंशा गरे । नेता निधिले रेल सेवासहित हवाई सेवा पनि सुचारु गर्नुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषय, आर्थिक क्षेत्रको विकासलगायतका विषयहरु सफलताका साथ उठाउनुपर्ने बताए ।