काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्री बालेनलाई मोदीले गरे स्वागत, राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान

1.3K
shares

काठमाडौं । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा मोदीले बालेनलाई स्वागत गरेका हुन् । मोदीले औपचारिक रूपमा स्वागत गरेसँगै प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको थियो । प्रधानमन्त्री शाहलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेकाे थियाे ।

माेदीकाे निमन्त्रणामा बालेन दुई दिने भारत भ्रमणमा गएका हुन् । यसपछि प्रधानमन्त्री बालेनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँष् शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।