सुनको मूल्य चार हजार आठ सय रुपैयाँले बढ्यो
वि.सं.२०८३ मंसिर ७ सोमवार ११:२५
shares

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । केही साता लगातार घटेको सुनको भाउ आज तोलामा सुनको मूल्य ४८ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार चार सय रुपैयाँ तय गरेको छ । आइतबार तोलामा दुई लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ११० रुपैयाँ तय गरेको छ । आइतबार तीन हजार ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

























