काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राउटे समुदायको परम्परागत सीप र संस्कृति संरक्षण गर्न सरकारसँग माग

315
shares

काठमाडौँ।लोपोन्मुख राउटे समुदायको मौलिक पहिचान, परम्परागत सीप, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक व्यवस्था गर्न समुदायका प्रतिनिधिले सरकारसँग माग गरेका छन् ।

आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरी राउटे समुदायका प्रतिनिधिले आफ्नो परम्परागत जीवनशैली र सांस्कृतिक पहिचान संरक्षणका लागि राज्यको विशेष पहल आवश्यक रहेको बताएका हुन् ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिकमन्त्री सीता वादीको उपस्थितिमा भएको छलफलमा राउटे समुदायको परम्परागत काष्ठकला तथा हस्तकलाको प्रवर्द्धन, भाषा र संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा दिगो आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने विषय उठाइएको थियो ।