बागमती । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष आज निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
निर्वाचन आयोगको कार्यालय, हेटौँडाका कार्यालय प्रमुख हरिप्रसाद ढकालले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८२/८३ मा आयोगले सम्पादन गरेका काम कारबाही समेटेर तयार गरिएको २०औँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।