काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वृजलाल केडियाको जीवनी पुस्तक ‘साधारण व्यापारीदेखि नगरसेठसम्म’ विमोचन

84
shares

ai logo सारांश

  • वृजलाल केडियाको जीवनी पुस्तक ‘साधारण व्यापारीदेखि नगरसेठसम्म’ विमोचन
  • वृजलाल केडियाको जीवन र योगदान समेटिएको पुस्तक सार्वजनिक
  • ‘साधारण व्यापारीदेखि नगरसेठसम्म’ पुस्तक विमोचन

काठमाडौं । नेपालको उद्योग, व्यापार तथा समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याएका स्वर्गीय वृजलाल केडियाको जीवन, संघर्ष र योगदान समेटिएको जीवनी पुस्तक ‘वृजलाल केडिया : साधारण व्यापारीदेखि नगरसेठसम्म’ काठमाडौंमा आयोजित समारोहबीच विमोचन गरिएको छ।

पुस्तकको संयुक्त विमोचन नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराई तथा वरिष्ठ पत्रकार युवराज घिमिरेलगायत विशिष्ट व्यक्तित्वहरूले गरेको थियो।

पुस्तकमा वृजलाल केडियाको बाल्यकालदेखि सुरु भएको व्यावसायिक यात्रा, खाद्यान्न व्यापार तथा औद्योगिक क्षेत्रमा पुर्‍याएको योगदान, वीरगन्जको विकासमा उनको भूमिका तथा शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा गरेका कार्यहरू समेटिएका छन्।

पाँच अध्यायमा विभाजित पुस्तकमा ४० भन्दा बढी व्यक्तिसँग गरिएका अन्तर्वार्ता, ऐतिहासिक दस्तावेज, पारिवारिक संस्मरण तथा पुराना तस्बिरहरू समावेश गरिएको छ।

साधारण व्यापारिक यात्राबाट उद्योग र समाजसेवाको क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल वृजलाल केडियाको जीवनकथा नयाँ पुस्ताका लागि उद्यमशीलता, समर्पण र सामाजिक उत्तरदायित्वको प्रेरणादायी दस्तावेज बन्ने विश्वास व्यक्त गरिएको छ।