काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दसौँ राष्ट्रिय खेलकुदः फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी

693
shares

ai logo सारांश

  • दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको पुरुष फुटबल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
  • कर्णाली प्रदेश रङ्गशाला सुर्खेत वीरेन्द्रनगरमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० ले हराउँदै विजय सुरुआत गरेको हो ।
  • दोस्रो खेल कोशी र बागमती प्रदेशबीच आजै हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको पुरुष फुटबल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

कर्णाली प्रदेश रङ्गशाला सुर्खेत वीरेन्द्रनगरमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० ले हराउँदै विजय सुरुआत गरेको हो । आर्मी क्लबका भरत खवासले २३औँ मिनेटमा पहिलो र लाकेन लिम्बुले ५२औँ दोस्रो मिनेटमा दोस्रो गोल हान्दै आफ्नो टोलीको जीत सुरुआत गरेका थिए ।

खेलको ६४औँ मिनेटमा भने लुम्बिनी प्रदेशका विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल हान्दा आर्मी क्लबको गोलमा अङ्क बढेर तीन पुग्यो । उक्त खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुलाई पहेँलो कार्ड देखाइएको म्याच अफिसर वीरेन्द्र पाण्डेले जानकारी दिए । दोस्रो खेल कोशी र बागमती प्रदेशबीच आजै हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।