काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोजपुरका गाउँघरबाट समेत लोप हुदै ढिकीजाँतो

672
shares

ai logo सारांश

  • भोजपुरका ग्रामीण बस्तीहरुबाट समेत ढिकीजाँतो लोप हुन थालेको छ ।
  • आधुनिक प्रबिधिको बिकाससँगै परम्परागतरुपमा घरघरमा राखिएका ढिकीजाँतोहरु लोप हुदै जान थालेको हो ।
  • गाउँघरबाट समेत परम्परागतरुपमा रहेका ढिकीजाँतो लोप हुदै गएको अरुण गाउँपालिकाका स्थानीय सोमनाथ कोइरालाले बताए ।

भोजपुर । भोजपुरका ग्रामीण बस्तीहरुबाट समेत ढिकीजाँतो लोप हुन थालेको छ । आधुनिक प्रबिधिको बिकाससँगै परम्परागतरुपमा घरघरमा राखिएका ढिकीजाँतोहरु लोप हुदै जान थालेको हो ।

गाउँघरबाट समेत परम्परागतरुपमा रहेका ढिकीजाँतो लोप हुदै गएको अरुण गाउँपालिकाका स्थानीय सोमनाथ कोइरालाले बताए ।

उनले भने, ‘गाउँघरबाट समेत ढिकीजाँतो हराउँदै थालेको छ, यसले गर्दा आगामी दिनमा भावी पुस्ता र युवा वर्गहरुलाई ढिकीजाँतो भनेको के हो भन्ने बुझाउन पनि समस्या हुदै गएको छ ।’

केही बर्ष अगाडीसम्म प्रायः जुन गाउँ जाँदा पनि जाँतोमा मकै पिस्दै गरेको वा ढिकीमा धान कुट्दै गरेको भेटिन्थ्यो । तर अहिले प्रबिधिको बिकाससँगै घरघरमा जाँतो भन्दा पनि त्यसको बिकल्पमा साना मिलहरु देखिन्छन ।

जिल्लाका गाउँगाउँमा बिद्युतको पहुँच पुगेसँगै ढिकीजाँताको परम्परा हटदै गएको हो । भोजपुरमा दुई नगरपालिका र सात वटा गाउँपालिका छ । जहाँ केही वडाहरुमा बाहेक बिद्युतको पहुँच पुगि सकेको छ । सरकारी निकाय तथा पालिकाहरुले समेत अनुदानमा साना मिलहरु बितरण गर्न थालेकाले गाउँघरबाट समेत ढिकी जाँतो हराउँदै गएको स्थानीय सञ्जिव कार्कीले बताए ।

अहिले जिल्लाका ग्रामीण बस्तीहरुमा समेत साना मिलको माग बढेको न्यू सिद्धकाली सप्लायर्सका प्रोपाइटर वाजिम मगरले बताए । उनले आफनो पसलबाट समेत धेरै साना मिलहरु बिक्री गरि सकेको बताए । अहिले गाउँगाउँमा विद्युत् सुविधा पुगेको र गाउँमा नै कुटानी पिसानी मिलको पनि संख्या बढेकाले पुर्खौंदेखि चल्दै आएका ढिकीजाँतो लोप हुँदै गएका हुन् । गाउँघरमा भित्रिएका टुकटुके मिल निर्माण भएपछि ग्रामीण भेगबाट कुटानी पिसानी गर्ने ढिकी जाँतो लोप हुँदै गएका हुन् ।

थोरै अन्न पिस्न घण्टौँ लगाएर ढिकीजाँतो चलाउनुभन्दा सस्तो दरमै मिलमा लगेर सजिलै पिस्न सकिने भएकाले गाउँघरबाट समेत परम्परागत अवस्थाका सामग्रीहरू हराउँदै जान थालेको हो । पहिले धान, गहुँ, कोदो र पिठोका लागि ढिकीजाँतो प्रयोग हुने गर्थे । तर अत्याधुनिक प्रविधिले परम्परागत ढिकीजाँतोलाई विस्थापित गर्दै विद्युतीय मिलको प्रयोग बढेको पौवादुङमा गाउँपालिकाका काजी राईले बताए ।

बढ्दो आधुनिक प्रविधिको आकर्षण र प्रयोजनले गर्दा गाउँघरका परम्परागत ढिकीजाँतो लोप हुने क्रममा रहेको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख दुर्गा प्रसाद सुवेदी बताउँछन ।

प्रमुख सुवेदीले भने, ‘अत्याधुनिक प्रविधिका मिलहरू गाउँगाउँमा खोलिनु र अहिले गाउँघरमा ढिकीजाँतो गर्ने मनिस पनि नहुने भएकाले ढिकी जाँतो जस्ता परम्परागत शैली र पहिचानका सामग्रीहरू लोप हुँदै जान थालेको हो ।’