सुनचाँदीको मूल्य निरन्तर घट्दो
वि.सं.२०८३ मंसिर ९ बुधवार १२:३३
shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा छ हजार ५०० र चाँदी १०५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ४० कायम भएको छ ।
मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ४७ हजार ९०० र एक तोला असली चाँदी तीन हजार १४५ मा कारोबार भएको थियो ।

























