काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दानबहादुर कार्कीको रिटमा सुनुवाइ हुँदै, कस्तो आउला आदेश ?

882
shares

काठमाडौं । आईजीपी पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। कार्कीले दायर गरेको रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

गत कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर महानिरीक्षकसरह सेवा(सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउँदै एआईजी मनोजकुमार केसीलाई आईजीपीमा बढुवा गरेको थियो। सो निर्णयविरुद्ध कार्कीले कात्तिक १९ मा पेस गरेको रिट २० गते दर्ता भएको थियो।

तिहार बिदापछि मङ्सिर २ गते न्यायाधीश पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश नदिई दुवै पक्षलाई मंसिर ७ गते छलफलका लागि बोलाएको थियो।

मंसिर ४ गते आईजीपी केसीका नाममा जारी म्याद प्रहरी प्रधान कार्यालयले बुझ्न नमानेपछि सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा प्रधान कार्यालयका अधिवक्ताले ‘प्राविधिक कारण’ देखाउँदै पुन: म्याद बुझ्ने प्रतिबद्धता जनाएका थिए। सोहीअनुसार इजलासले अधिवक्तामार्फत म्याद बुझाई विषयवस्तुको संवेदनशीलता हेरेर प्राथमिकताका साथ पालो आउने गरी बुधबारका लागि पेसी तोक्न आदेश दिएको हो।

रिटमा कार्कीले आफूलाई हटाउने कात्तिक १८ को निर्णय कार्यान्वयन नगर्न तथा केसीलाई आईजीपी नियुक्त गर्नेलगायत सम्पूर्ण निर्णय उत्प्रेषणको आदेशले बदर गरी कार्यकालभरि पदमा काम गर्न दिन परमादेश र अन्तरिम आदेश माग गरेका छन्।