काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कामपामा अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्र बन्दै

819
shares

काठमाडौं । काठमाडौं महानगरपालिका– २९ अनामनगरमा अटिजम भएका बालबालिकाका लागि निर्माण हुने विद्यालय तथा अनुसन्धान केन्द्रको भवन शिलान्यास गरिएको छ ।

कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज सो भवनको शिलान्यास गरेकी छन । कार्यक्रममा उनले अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नभन्दा उनीहरूको फरक आवश्यकतालाई सम्बोधन गर्न शिक्षा प्रणालीसक्षम छ कि छैन भन्ने विषय महत्वपूर्ण भएको बताइन।

समाजमा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षाबारे गरिने प्रश्न नै गलत रहेको बताउँदै कावा प्रमुख डङ्गोलले सबैले परिकल्पना गरेको मानवताको र करुणाको सहर निर्माण गर्ने अभियानमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्रको स्थापनाले एउटा महत्वपूर्ण इँटा थप्ने विश्वास व्यक्त गरिन ।

अटिजम भएका बालबालिकाको संवाद गर्ने, सिक्ने, बोल्ने र व्यवहार गर्ने तरिका फरक हुने भएकाले उनीहरूको आवश्यकताअनुसार शिक्षा र व्यवहार आवश्यक रहेको उनको भनाइ थियो ।

काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुशकुमार ढकालले अटिजम भएका विद्यार्थीको सिप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन अनुसन्धान गर्न तथा यस्ता बालबालिकाका अभिभावकको सहायताका लागि भवन बहुउपयोगी विश्वास व्यक्त गरे ।

भवन निर्माणका लागि १० करोड ९१ लख ७९ हजार लागत अनुमान गरिएकामा सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माणका लागि नौ करोड ७७ लाख ४५ हजार ६२६ मा सम्झौता भएको छ । भवनको भूमिगत तलामा ३० वटा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने ठाउँ हुनेछ ।