मुक्तिनाथ बैंकद्वारा महानगरीय प्रहरी वृत्त कमलपोखरीमा हरित गार्डेन निर्माण
वि.सं.२०७६ जेठ ६ सोमवार १६:०७
shares

मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका– १ मा हरित गार्डेन निर्माण गरेको छ ।
बैंकले महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडि सडक पेटी बाहेकको खाली चौंरमा वातारणमैत्री हरित गार्डेन बनाएको हो । कमलपोखरी टोललाई थप आकर्षित र सफा राख्न प्रहरी वृतसँगको सहकार्यमा सडक पेटीको खाली चौंरमा हरित बगैचा निर्माण गरेको बैंकले जनाएको छ ।

























