काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा माछापुच्छ्रे दौड २०२६ आयोजना हुँदै

336
shares

पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा आयोजना हुने भएको छ।

नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले हिमालयन ट्रेल रनिङसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगिताले स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नुका साथै पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बैंकले अपेक्षा गरेको छ।

प्रतियोगितामा धावकहरूले आफ्नो क्षमता र रुचिअनुसार ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट विधा), २१ किलोमिटर र ४२ किलोमिटर गरी चार विधामा सहभागिता जनाउन सक्नेछन्।

इच्छुक धावकहरूले आयोजकको आधिकारिक वेबसाइटमार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्नेछन्।

बढ्दो व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताका बीच नियमित व्यायाम तथा खेलकुदको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले प्रतियोगितामा सहकार्य गरेको जनाएको छ।