काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आगलागीबाट बालआश्रममा एक करोड बढीको क्षति

1.18K
shares

गण्डकी। कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार साँझ भएको आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट बालआश्रमको भवनलगायतका संरचना र विभिन्न सामग्रीमा क्षति पुगेको पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए । आगलागीबाट बालआश्रममा पुगेको क्षतिको पूर्ण विवरण सङ्कलन तथा पुनःस्थापनाका लागि आवश्यक पहल भइरहेको जनाइएको छ ।

आगलागीबाट क्षति पुगेको बालआश्रमको बिहीबार महानगर प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललगायतले स्थलगत अवलोकन गरेका छन् ।

महानगर प्रमुख आचार्यले बालआश्रमको पुनःनिर्माण तथा आवश्यक व्यवस्थापनका लागि महानगरपालिकाबाट गर्न सकिने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।